जसपाको दिरुमनपा कमिटि गठन, अध्यक्षमा मुगाधन

खोटाङ, १२ कात्तिक । जनता समाजवादी पार्टीको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कार्य समिति गठन गरिएको छ । मुगाधन राईको अध्यक्षतामा ३१ सदस्यीय नगर समिति गठन गरिएको हो ।

जनता समाजवादी पार्टी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रुपान्तरण कार्यक्रममार्फत जनता समाजवादी पार्टीको नगर समिति गठन गरिएको हो ।

नगर कार्य समितिको उपाध्यक्षमा हरि राई, नगेन्द्रराज चाम्लिङ, सचिवमा प्रेम राई, सह–सचिवमा देवराज राई र कोषाध्यक्षमा कौशिला राई चयन भएका जसपाका जिल्ला सचिब विरेन्द्र दर्नालले जानकारी दिए ।

कार्यक्रम जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष सनबहादुर राईको प्रमुख आतिथ्यता एबं संघीय परिषद सदस्य राकेश राईको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा समाजवादी विद्यार्थी युनियनका केन्द्रिय अध्यक्ष प्रकाश चाम्लिङ, जसपाका खोटाङ अध्यक्ष निर्मल राई, समाजवादी महिला संघका जिल्ला अध्यक्ष रेनुका राई, विद्यार्थी युनियनका जिल्ला अध्यक्ष सन्जिव राई लगायतका जिल्ला तथा नगरस्तरका नेताहरुको उपस्थिति रहेको थियो ।