मनोरन्जन

‘माइतीघर’लाई ‘यूनिभर्सल’ सर्टिफिकेट

‘माइतीघर’लाई ‘यूनिभर्सल’ सर्टिफिकेट

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, समाचार
काठमाडौं, ९ असोज । असोजको १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो फिल्मको असोज ८ गते बेलुकी सेन्सर भएको हो । अब, यो फिल्मलाई सबै बर्गका दर्शकले हेर्न पाउनेछन् । दशैंको फूलपातिको अवसर पारेर रिलिजमा आउन लागेको यो फिल्मले व्यापारिक रुपमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । सेन्सर बोर्डमा फिल्म हेरेपछि यसको कथावस्तु, प्रस्तुति र कलाकारहरुको बिषयमा कुराकानी समेत भएको थियो । सेन्सरका अधिकांश कर्मचारीहरुले लामो समयपछि एउटा उत्कृष्ट पारिवारिक फिल्म हेर्न पाएको बताएका थिए । फिल्म कमेडी, पारिवारिक र भावनासँग जोडिएको भन्दै सेन्सरका कर्मचारीहरुले तारिफ गरेको निर्माणपक्षले बताएको छ । फिल्मका निर्माता रोहित अधिकारीले पनि दर्शक यसपटक निराश नहुने बताउँदै आएका छन् । यो फिल्मको बुकिङ समेत खुलिसकेको छ । यो फिल्मले देशभरका हलमा सय बढी शोज ...
‘माइतीघर’ रिलिज अघिदेखि नै दर्शकमाझ चर्चामा

‘माइतीघर’ रिलिज अघिदेखि नै दर्शकमाझ चर्चामा

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, समाचार
इटहरी, १७ भदौ । फिल्म ‘माइतीघर’ रिलिज मितिभन्दा अघिदेखि नै दर्शकमाझ चर्चामा आएको छ । असोज १३ गते फूलपातीका दिनबाट प्रदर्शनमा आउने यो फिल्मको शिर्ष गीतसँग जोडिएको नृत्य प्रतियोगिताले पनि दर्शकमाझ उत्साह सिर्जना गरेको छ । सोमबारबाट सुरु भएको प्रतियोगितामा दर्शकहरुले अप्रत्याशित सहभागीता जनाएका छन् । निर्माता रोहित अधिकारीका अनुसार सुरु भएको २४ घन्टाभित्रै हजारौँ भिडियो निर्माण पक्षसम्म पुगेको छ भने ओएसआर डिजिटलका सामाजिक सञ्जालमार्फत १५–२० लाख भ्यूज आइसकेका छन् । उनले दर्शकको यो उत्साहले टिमलाई अझै ऊर्जा थपेको बताए । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । सुरुमा प्रथम हुनेलाई मात्रै पुरस्कार दिने घोषणा गरिएको थियो तर निर्माण पक्षले दोस्रो र तेस्रो हुनेलाई समेत पुरस्कार दिने निर्णय गरेको छ । सहभागीता जनाउने कतिपयलाई खाली हात नपार्ने प्रतिबद्धता गरिएको छ । सञ्जिवनीको स्...
फिल्म ‘माइतीघर’को शीर्ष गीत सार्वजनिक (भिडियो सहित)

फिल्म ‘माइतीघर’को शीर्ष गीत सार्वजनिक (भिडियो सहित)

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, समाचार
इटहरी, १२ भदौ । फिल्म ‘माइतीघर’को ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको शीर्ष गीत सार्वजनिक गरिएको छ । आगामी दशैंको फुलपाती अर्थात असोज १३ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको फिल्मको गीत भदौ १२ गते ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । निर्माण यूनिटले लामो प्रतिक्षापछि दर्शकलाई एकपटक पुरानो स्मृतिसँगै नयाँ स्वाद दिने जमर्को गरेको छ । किरण खरेलको शव्द र दिवंगत जयदेवको संगीत रहेको सो गीतमा गायिका सञ्जिवनीको स्वर रहेको छ । यसअघि चर्चित गायिका आशा भोस्लेले गाएको पुरानो गीतलाई नयाँ रूप दिएर पुनः दर्शकमाझ ल्याइएको निर्माता रोहित अधिकारीले बताए । भिडियोमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाको आकर्षक नृत्य देख्न सकिन्छ । आकर्षक लोकेशन, दर्जनौं कोरस डान्सर र मानकृष्ण महर्जन, सुशन प्रजापतिको सुन्दर छायांकन कलाले भिडियोलाई उत्कृष्ट बनाएको छ । भिडियोको अर्को आकर्षक पाटो भनेको यसमा नेपालको...
‘माइतीघर’को शीर्ष गीतलाई ‘सरप्राइज’को रुपमा ल्याइँदै

‘माइतीघर’को शीर्ष गीतलाई ‘सरप्राइज’को रुपमा ल्याइँदै

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, समाचार
काठमाडौं, ७ भदौ । प्रतीक्षित फिल्म ‘माइतीघर’को शीर्ष गीतलाई लिएर निर्माणपक्षले दर्शकमाझ ‘सरप्राइज’ ल्याउन लागेको छ । निर्माता रोहित अधिकारीका अनुसार ‘प्राणभन्दा प्यारो माईतीघर’ बोलको शीर्ष गीतलाई आउँदो साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ । भारतीय गायिका सञ्जिवनीको स्वरमा रि-रेकर्ड गरिएको गीतको दृश्यालाई ५० लाख बढीको लगानीमा ११ दिन लगाएर छायांकन गरिएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा मुख्य कलाकार उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पासँगै ठूलो कोरस टोलीको नृत्य देख्न पाइनेछन् । निर्माता अधिकारीका अनुसार बाग्लुङमा खिचिएका पुराना दृश्यलाई प्रयोग नगरी सम्पूर्ण भिडियो नयाँ रुपमा खिचिएको छ । आगामी असोज १३ गते रिलिज हुने फिल्म माईतीघरको प्रचारलाई थप सशक्त बनाउन यही गीत महत्वपूर्ण हतियार हुने विश्वास निर्माणपक्षले लिएको छ । निर्माणपक्षले यही गीतमा आधारित भिडियो प्रतियोगिता समेत ...
‘माइतीघर’को प्रचार रणनीतिः ५ लाख राशीको नृत्य प्रतियोगीता घोषणा

‘माइतीघर’को प्रचार रणनीतिः ५ लाख राशीको नृत्य प्रतियोगीता घोषणा

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, समाचार
इटहरी, २७ साउन । आगामी दशैंको फूलपाती अर्थात असोज १३ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको बहुप्रतीक्षित नेपाली फिल्म ‘माइतीघर’ले दर्शकलाई आकर्षित गर्नका लागि प्रचार रणनीति सार्वजनिक गरेको छ । ‘माइतीघर’को प्रचार–प्रसारका लागि आगामी भदौ दोस्रो सातादेखि फिल्मको ‘प्राण भन्दा प्यारो माईतीघर’ बोलको गीतको रि–क्रिएसन संस्करणमा आधारित नृत्य प्रतियोगिता गर्ने तयारी गरिएको छ । नृत्य प्रतियोगीताका एक जना विजेतालाई नगद ५ लाख रुपैयाँ पुरस्कार तोकिएको निर्माता रोहित अधिकारीले जानकारी दिए । यो रकमलाई कुनै पनि नेपाली फिल्मको प्रचारका लागि राखिएको प्रतियोगिताको पुरस्कार राशिमध्ये अहिलेसम्मकै ठूलो दावी गरिएको छ । निर्माता अधिकारीका अनुसार समयमै सो गीत सार्वजनिक गर्ने र प्रतियोगिता सुरु हुनेछ । नृत्य प्रतियोगीतामा देशभरका जोसुकैले सहभागी हुन पाउनेछन् । प्रतियोगितामा सहभागीताका लागि सो गीतको अडियो क्लिप प...
‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

ताजा अपडेट, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, समाचार
काठमाडौं, २४ साउन । ‘हरि ओम विष्णु विष्णु ! नेपालका भ्रष्ट नेतालाई सिलौटामा पिस्नु !’ यो कुनै वैदिक मन्त्र होइन, चर्चित हाँस्या कलाकार दमन रुपाखेतीद्वारा प्रस्तुत गरिएको गाइजात्रे व्यंग्य ‘ड्यामड्याम’ को एक झल्को हो, जसले यतिबेला सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ । ‘जसो–जसो जजमान, तसो–तसो स्वाहा’ भन्दै श्राद्ध ब्रह्मणको भेषमा देखिएका रुपाखेती, संसदमा बोल्न नसक्ने नेता, निदाउने नेता र उफ्रिने नेतामाथि तिखो कटाक्ष गर्दै ‘सिस्नु पानीले हान्नु नम’ भन्न समेत पछि परेका छैनन् । रुपाखेतीका अनुसार, ‘ड्यामड्याम’ केवल हाँसोको लागि होइन, राजनीतिक चेतना र दलगत स्वार्थविरुद्धको व्यंग्यात्मक घनघोर प्रहार हो । व्यंग्यत्मक प्रस्तुतिमार्फत नेपालका नेतादेखि दलगत प्रवृतिमाथि तिखो प्रहार गरिएको छ । ‘नेताहरूको नाम होइन, प्रवृत्तिमाथि झटारो हो यो,’ उनी भन्छन् । दमन रुपाखेतीले निर्देशन गरेका उक्त गाइजात्रे भ...
होर्डिङ बोर्डमार्फत फिल्म ‘माईतीघर’को प्रचार अभियान सुरु

होर्डिङ बोर्डमार्फत फिल्म ‘माईतीघर’को प्रचार अभियान सुरु

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, समाचार
काठमाडौं, १५ साउन । आगामी फूलपातीदेखि प्रदर्शनमा आउने बहुप्रतीक्षित फिल्म ‘माईतीघर’को प्रचार अभियान थालिएको छ । असोज १३ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको ‘माईतीघर’को ठूल–ठूला होर्डिङ बोर्ड राखेर प्रचार अभियान थालिएको हो । निर्माता रोहित अधिकारीले फेसबुकमार्फत होर्डिङ बोर्ड राखेर फिल्मको देशव्यापी प्रचार सुरु गरिएको जानकारी दिएका छन् । ‘कान नसुन्ने र आँखा नदेख्ने समेतलाई पनि यसपाली थाहा हुनेछ कि माइतीघर यहीँ आउदो बडादशैंको फुलपातीमा चल्दैछ भनेर, बाचा भयो,’ निर्माता अधिकारीले लेखेका छन्, ‘यो २०/५० को होर्डिङ बोर्ड काठमाडौंको मुख्य नाका नौबिसेमा ल्याएका छौँ । २०/१०० को होर्डिङ बोर्डहरु पनि लाग्दैछ चोक–चोक, गल्ली–गल्ली, हिमाल, पहाड, तराई सबैतिर प्राणभन्दा प्यारो माइतीघर ।’ माइतीघर फिल्मको अफिसियल फस्टलुक साउन १६ गते सार्वजनिक गर्ने तयारी गरिएको छ ।...
‘सुनपहेंले’को बिहेले ‘खुइली’लाई तनाव

‘सुनपहेंले’को बिहेले ‘खुइली’लाई तनाव

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, समाचार
काठमाडौं, ३ साउन । नयाँ हास्य शृंखला ‘गावैं रमाइलो’लाई पछिल्लो समय दर्शकले निकै रुचाएका छन् । सात हप्ता अघिको बिहिबारदेखि सुरु भएको सो सिरियल सातौं भागसम्म आउदा धेरै दर्शकले मन पराउन थालेका हुन् । हरेक बिहीबार साँझ आउने उक्त सिरियल हेर्नेको ग्राफ बढ्दै गइरहेको निर्देशक नेत्र राउतले बताए । सातौं भागमा ट्विस्ट आएपछि दर्शकहरुलाई आठौं भाग कस्तो होला भनेर प्रतिक्षा गर्न उत्साहित बनाएको छ । सातौं भागमा भर्खरै जेलबाट छुटेका सुवास घिसिङ ‘सुनपहेंले’सँग नवीना सिलवाल ‘खुइली’ बिहे गर्न राजी हुन्छिन् । तर, जब खुइलीको साथीको भूमिकामा पत्रकारको इन्ट्रि हुन्छ । त्यसपछि बिहेको लागि तयार भएको खुइलीलाई धोका दिन्छिन् । ‘सुनपहेंले’ खराब हुन् भन्दै खुइलीलाई भड्काउछन् । लास्टमा पत्रकारले नै ‘सुनपहेंले’सँग बिहे गर्छिन् । अनि तनावमा हुन्छिन् खुइली । यो सिरियल सामाजिक कथा तथा राजनीतिक विषयवस्तुमाथि तीखो व्यंग्य ग...
बनिनसक्दै फिल्म ‘माइतीघर’को अस्ट्रेलिया राइट्स बिक्री

बनिनसक्दै फिल्म ‘माइतीघर’को अस्ट्रेलिया राइट्स बिक्री

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, समाचार
इटहरी, २० असार । यतिबेला फिल्म माईतीघरको धमाधम पोस्ट प्रोडक्सन भइरहेको छ । यो फिल्मको हालसम्म अफिसियल पोष्टर, टिजर, ट्रेलर तथा गीत लगायतका प्रोमोसनल कन्टेन्ट केही सार्वजनिक भएको छैन । तर, यसको हाईप भने निकै बढेको बुझ्न सकिन्छ । मिलन तामाङ निर्देशित र रोहित अधिकारी निर्मित बहुप्रतीक्षित फिल्म ‘माइतीघर’ ले विदेशी बजारमा धमाका मच्चाउन सुरु गरेको छ । आगामी दशैंको फूलपातिबाट एकैसाथ विश्वव्यापी रूपमा प्रदर्शन हुने तयारीमा रहेको यो फिल्मको अस्ट्रेलिया राइट्स निकै महँगो मूल्यमा बिक्री भएसँगै यसको अन्तर्राष्ट्रिय चर्चा र यात्रा सुरु भएको छ । अस्ट्रेलियाको हिमारो इन्टरटेन्मेन्टका लागि प्रमेज धामी र प्रकाश गैरेले खरिद गरेको यो अधिकारसँगै फिल्मको लगानीको ठूलो हिस्सा सुरक्षित भएको निर्माण टिमले जनाएको छ । पोस्टर नआउँदै गरिएको यस्तो ठुलो डिलले फिल्मप्रति वितरकको भरोसा र बजारको उत्सुकता झल्काएको छ । नि...
‘माईतीघर’को टाईटल गीतमा उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पा

‘माईतीघर’को टाईटल गीतमा उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पा

ताजा अपडेट, मनोरन्जन, मुख्य खबर, समाचार
इटहरी, १८ जेठ । एक समयको सुपरहिट गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो माईतीघर’ अहिले पनि उत्तिकै हिट छ । सबैको मनमा बस्न सफल छ यो गीत । हाल छायांकन भइरहेको फिल्म ‘माईतीघर’मा यही गीतलाई समावेस गरिँदैछ । ‘माईतीघर’मा समावेश गरिएको सो गीतको भिडियो जेठ १८ गतेदेखि छायांकन सुरु गरिएको छ । छायांकन सेटबाट केही तस्विर समेत सार्वजनीक गरिएको छ जहाँ उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पा देखिन्छिन् । परम्परागत भेषभूषामा सजिएकी दुई अभिनेत्री कोरस डान्सरका साथ गीतको भिडियोमा नाच्नेछन् । निर्माता रोहित अधिकारीका अनुसार गीतको ‘मर्म र भाव जीवन्त रहोस्’ भनेर सुप्रसिद्ध भारतीय गायिका संजीवनीको स्वरमा यो गीतलाई पुनः ‘माईतीघर’ फिल्मका लागि रेकर्ड गराईएको थियो । भिडियोमा पनि ‘कहीँकतै कमजोरी नहोस्’ भन्नका लागि गीत छायांकनको लागि मात्रै चार दिनको सेड्युल तय गरिएको निर्माता अधिकारीले बताए । फिल्मका प्रमुख दुई अभिने...