गायक सागर संसार द भ्वइस अफ नेपालको टप आठमा
काठमाडौं, १९ माघ । खोटाङका गायक सागर संसार राई ‘द भ्वइस अफ नेपाल सिजन–७ को टप आठमा पुगेका छन् । माघ १६ गतेको लाइभ–शो सँगै दर्शकले दिएको भोटिङको आधारमा सागर संसार उत्कृष्ट आठमा पुग्न सफल भएका हुन् ।
टप १२ मध्ये सागर संसारले टिम खेम सेञ्चुरीबाट समग्रमा द भ्वइस अफ नेपाल सिजन सातको टप आठ र आफ्नो टिमबाट टप दुईभित्र स्थान सुरक्षित गरेका हुन् । सागर संसारलाई भ्वइस अफ नेपालको फिनालेमा पुर्याउनका लागि आगामी माघ २३ गते रातीसम्म खल्ती एप्समार्फत भोट गर्न सकिन्छ ।
टिम खेम सेञ्चुरी, टिम राजु लामा, टिम प्रमोद खरेल र टिम मेलिना राईबाट उत्कृष्ट दुई दुई जना प्रतिभा प्रतिष्पर्धामा छन् । आगामी शुक्रबार र शनिबार हुने लाइभ शो एवं भोटिङको आधारमा चार जना प्रतिभा ‘आउट’ हुनेछन् भने उत्कृष्ट चार जना प्रतिभा फिनालेमा प्रवेश गर्नेछन् । द भ्वइस अफ नेपालको उपाधिका लागि उनै चार जना प्रतिभाबीचमा प्रतिष्पर्धा हुनेछ ।...








