मुख्य खबर

प्रेस युनियन खोटाङको अध्यक्षमा शेर्पा निर्वाचित

प्रेस युनियन खोटाङको अध्यक्षमा शेर्पा निर्वाचित

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २७ भदौ । नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङको अध्यक्षमा चिसाङ शेर्पा निर्वाचित भएका छन् । भदौ २६ गते सम्पन्न आठौं जिल्ला अधिबेसन तथा ११ औं साधारणसभाबाट शेर्पा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । प्रेस युनियनको वरिष्ठ उपाध्यक्षमा कृष्णकला राई र महिला उपाध्यक्षमा एनिसा राई, सचिवमा सुनिल श्रेष्ठ, सह–सचिवमा योगीन राई र कोषाध्यक्षमा मनिता राई चयन भएका छन् । यस्तै, सदस्यमा मनोज आचार्य, दिनराज कार्की, पदम हिङमाङ, मिलन अचार्य र एल्जिना राई चयन भएका छन् । केन्द्रीय महाधिबेसन प्रतिनिधिमा कृष्ण आचार्य, दिलीप खत्री, उत्तम चौंलागाई, राजकुमार भट्टराई, रबिना सुबेदी (खत्री) र खिलन राई तथा प्रदेश प्रतिनिधिमा अमृत गिरी, पदम हिङमाङ, योगीन राई र एल्जिसा राई चयन भएका छन् । प्रेस युनियनले प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्यलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको थियो । प्रेस युनियनको अधिबेसन कोशी...
वन तथा वातावरण शिर्षकको बजेटमा स्थानीय सरकारको मनोमानीः फेकोफोन

वन तथा वातावरण शिर्षकको बजेटमा स्थानीय सरकारको मनोमानीः फेकोफोन

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २४ भदौ । खोटाङ सहित चार जिल्लाका सामुदायीक वन उपभोक्ता महासंघले स्थानीय तहमा वन तथा वातावरण शिर्षकको बजेट आफुखुसी खर्च भइरहेको गुनासो गरेका छन् । खोटाङ, भोजपुर, ओखलढुंगा र सोलुखुम्बुका सामुदायीक वन उपभोक्ता महासंघले स्थानीय तहमा वन तथा वातावरण शिर्षकमा बिनियोजन हुने बजेट मनोमानी खर्च भइरहेको गुनासो गरेका हुन् । भदौ २३ र २४ गते हलेसीमा आयोजना गरिएको संस्थागत र कानूनी क्षमता अभिवृद्धि सम्वन्धी छलफलमा सहभागी सामुदायीक वन उपभोक्ता महासंघका प्रतिनिधिले सबै स्थानीय तहले वन तथा वातावरण शिर्षकको बजेट लक्षित समुहसँग समन्वय नगरी खर्च गरिरहेको चर्चा गरेका हुन् । सामुदायीक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला शाखा, खोटाङले चार जिल्लाका सामुदायीक वन उपभोक्ता महासंघकर्मीलाई भेला गरेर छलफल आयोजना गरेको हो । छलफलमा स्थानीय, प्रदेश र संघीय सरकारले सामुदायीक वनमाथि अनावश्यक करको झमेला थोपरेको, सरकारले स...
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाजको अध्यक्षमा ढकाल

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाजको अध्यक्षमा ढकाल

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, २१ भदौ । खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको अध्यक्षमा राजनप्रसाद ढकाल चयन भएका छन् । भदौ २० गते काठमाडौंमा सम्पन्न पहिलो साधारणभाले ढकालको अध्यक्षतामा १७ सदस्यीय सिम्पानी स्कुल पूर्व विद्यार्थी समाजको नयाँ नेतृत्व चयन गरेको हो । समाजको वरिष्ठ उपाध्यक्षमा दैवलाल गिरी, उपाध्यक्षमा मीना राई, महा–सचिवमा लोकनाथ घिमिरे, सचिवमा राकेश खड्का र कोषाध्यक्षमा बच्चुराम भट्टराई चयन भएका छन् । सदस्यहरुमा सकुन खड्का, भरतप्रसाद घिमिरे, शिरोज घिमिरे, जानुका पोखरेल, सुवास खड्का, सुमन खतिवडा, कमला केसी, रविन खडका, रविना राया र दिलकुमारी प्रधान चयन भएका छन् । समाजको साधारणसभा पुर्वप्रधानाध्यापक गणेशप्रसाद अधिकारीले उद्घाटन गरेका थिए । शैक्षिक उन्नयनका लागि बिक्रम संवत १९९० सालदेखि शैक्षिक गतिविधि सुरु गरिएको सिमपानी स्कुलमा २००६ सालदेखि औपचारिक रुपमा...
राहत कोषमा सहयोग जम्मा गर्ने कांग्रेस खोटाङ–काठमाडौं सम्पर्क समितिको निर्णय

राहत कोषमा सहयोग जम्मा गर्ने कांग्रेस खोटाङ–काठमाडौं सम्पर्क समितिको निर्णय

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १३ भदौ । नेपाली कांग्रेस खोटाङ–काठमाडौं सम्पर्क समितिले प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा गर्ने निर्णय गरेको छ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले पुर्‍याएको अकल्पनीय जनधनको क्षतीलाई मध्यनजर गर्दै कांग्रेसको सम्पर्क समितिले राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो । सम्पर्क समितिका पुर्वअध्यक्ष काशीनाथ आचार्यको अध्यक्षतामा भदौ १३ गते बानेश्वरमा बसेको बैठकले महाविपत्तीको सामना गर्नका लागि राहत कोषमा रकम जम्मा गरेर हातेमालो गर्ने निर्णय गरेको हो । संकलन भएको रकम केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको कांग्रेस खोटाङ प्रदेश (क) का क्षेत्रीय सचिव राजन भट्टराईले जानकारी दिए । बैठकमा राहत कोषमा रकम जम्मा गर्नका लागि कांग्रेस जिल्ला कार्य समिति, क्षेत्रीय समिति, गाउँ कार्य समिति तथा भातृ संगठनलाई अनुरोध गर्ने, बाढीका कारण रसुवा लगायतका ...
नाछिरिङ समुदायबाट पहिलोपल्ट सगरमाथा आरोहण गर्ने युवराज सम्पर्क विहिन

नाछिरिङ समुदायबाट पहिलोपल्ट सगरमाथा आरोहण गर्ने युवराज सम्पर्क विहिन

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ११ भदौ । नाछिरिङ समुदायबाट पहिलोपल्ट सगरमाथा आरोहण गर्ने आरोही युवराज राई रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्क विहिन बनेका छन् । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क निवासी राई भदौ १० गते तिब्बततर्फबाट भोटेकोशीमा झरेको बाढीपछि सम्पर्क विहिन बनेका हुन् । तिब्बततर्फबाट रसुवा झर्नेक्रममा आरोही राई सम्पर्क विहिन बनेको भाई अर्जुन नाछिरिङले बताए । भिषण बाढीपछि आरोही राई सहित खोटाङका सात जना सम्पर्क विहिन बनेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए । प्रहरीका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भइ हाल नेपाली सेनाको मैलुङ पोष्टमा कार्यरत लेसनायक पवन खत्री दाहाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका कविन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका सुर्जबहादुर परियार, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका बालकुमार त...
जनै पूर्णिमाको यात्रा र लेक लाग्नु

जनै पूर्णिमाको यात्रा र लेक लाग्नु

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
डा. मनिष आचार्य काठमाडौं, ८ भदौ । जनै पूर्णिमा हाम्रो धर्म, संस्कृति, परम्परा र पारिवारिक आत्मीयतासँग जोडिएको पवित्र पर्व हो। जनै फेर्ने, रक्षाबन्धन गर्ने, ऋषितर्पणी गर्ने, क्वाँटी खाने तथा दाजुभाइ–दिदीबहिनीबीचको आत्मीयता साटासाट गर्ने यो पर्व नेपाली समाजमा विशेष महत्व राख्छ। जनै पूर्णिमाको अवसरमा धेरै मानिसहरू गोसाइँकुण्ड, लाङटाङ, हेलम्बु, मुस्ताङ, मनाङ तथा अन्य उच्च पहाडी र हिमाली क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलहरूतर्फ यात्रा गर्छन्। तीर्थयात्रा केवल गन्तव्यसम्म पुग्ने यात्रा होइन; यो आस्था, विश्वास, प्रकृति र संस्कृतिसँग जोडिएको यात्रा हो। तर उच्च पहाडतर्फ जाँदा एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन-“आस्था ठूलो हो, तर जीवनभन्दा ठूलो कुनै गन्तव्य हुँदैन।” उचाइ बढ्दै जाँदा शरीरले नयाँ वातावरणसँग अनुकूलन गर्न समय चाहिन्छ। यही क्रममा देखिन सक्ने महत्वपूर्ण स्वास्थ्य समस्या हो-“लेक लाग्नु” ...
जोतिरहेको हल गोरु चट्याङले ठहरै

जोतिरहेको हल गोरु चट्याङले ठहरै

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ६ भदौ । चट्याङले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा हल गोरु मारिएको छ । भदौ ६ गते साँझ वर्षासँगै परेको चट्याङले साविक सल्ले–९ तल्लो चिचिङ्गाका ५४ वर्षीय दिलकुमार राई ‘रैलेम्पा’को हल गोरु मारिएको हो । राईले बारीमा जोतिरहेकोबेला चट्याङ पर्दा हल गोरु घटनास्थलमै मारिएका हुन् । चट्याङका कारण राई आधा घण्टा बेहोस बनेको स्थानीय सन्तोष श्रेष्ठले जानकारी दिए । गोरुलाई होराउन लागेकोबेला नजिकैको रुखमा चट्याङ परेको थियो । चट्याङले चोइटिएको रुख उछिट्टिएर बारीमा आइपुगेको थियो । घाइते राई नगरपालिकाले नियुक्त गरेको सडक हेरालु पनि हुन् । चप्पल लगाएका कारण राईको ज्यान जोगिएको स्थानीयले बताएका छन् ।...
शिक्षक तामाङलाई ५५ हजार ५५५ राशीको उत्कष्ट शिक्षक पुरस्कार

शिक्षक तामाङलाई ५५ हजार ५५५ राशीको उत्कष्ट शिक्षक पुरस्कार

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार, समाज
खोटाङ, ५ भदौ । शुभशेर राई स्मृति प्रतिष्ठान खोटाङले शिक्षक इन्द्रकुमार तामाङलाई उत्कष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका स्वर्गीय शिक्षक शुभशेर राईको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले शिक्षक तामाङलाई ५५ हजार ५५५ रुपैयाँ राशीको शुभशेर राई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको हो । बार्षिक रुपमा जिल्लाका एक जना उत्कृष्ट शिक्षकलाई छनौट गरेर प्रदान गरिने पुरस्कार यस वर्ष साकेला गाउँपालिका–२ रतन्छास्थित साकेला माविमा कार्यरत तामाङलाई प्रदान गरिएको हो । स्वर्गीय शिक्षकको पाँचौं वार्षिक पुण्यतिथिको अवसरमा भदौ ५ गते दिक्तेलमा आयोजित कार्यक्रममा कोसी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री उषाकला राई र नेपाल राष्ट्रिय शिक्षक संगठन, कोशी प्रदेशका अध्यक्ष महेन्द्रप्रकाश गौतमले दोसल्ला ओढाएर सम्मान–पत्रसहित पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतिष्ठानले जन...
उपचारमा छुट दिलाउन जन्तेढुंगा र दुई अस्पतालबीच सम्झौता

उपचारमा छुट दिलाउन जन्तेढुंगा र दुई अस्पतालबीच सम्झौता

ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय, स्वास्थ्य
खोटाङ, २९ साउन । नागरिकलाई सहुलियतमा उपचार दिलाउनका लागि खोटाङको जन्तेढुंगा गाउँपालिकाले दुई अस्पतालसँग सम्झौता गरेको छ । बिरामी परेका आफ्नो नागरिकलाई सहुलियतमा स्वास्थ्य सेवा प्रदानका लागि गाउँपालिकाले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेज टिचिङ अस्पताल, बिराटनगरसँग सम्झौता गरेको हो । गाउँपालिकाभित्रका बिरामीलाई सहुलियतमा उपचार सेवा उपलव्ध गराउनका लागि साउन २६ गते एक वर्षका लागि दुई अस्पतालसँग सम्झौता गरिएको जन्तेढुंगा गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताए । (विस्तृत समाचार Views Of Nepal को पेजमा प्रकाशित छ ।) ...
विकल्प पुँजीवादको

विकल्प पुँजीवादको

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
अर्जुन फुयल  खोटाङ, २९ साउन । मानवताको अस्तित्व र हाम्रो साझा धर्तीको भविष्य आज एउटा गम्भीर मोडमा उभिएको छ। विगत केही शताब्दीदेखि विश्वलाई डोर्‍याइरहेको पुँजीवादी व्यवस्थाले भौतिक विकासको शिखर चुमेको दाबी गरे तापनि, यसले निम्त्याएको असमानता र पर्यावरणीय संकट निकै डरलाग्दो छ। नाफा आर्जन गर्ने असीमित मोहले जमिन, पानी र वायुमण्डललाई प्रदूषित मात्र गरेको छैन, सिंगो पृथ्वीको भविष्यलाई नै संकटमा पारेको छ। स्टिफन हकिङजस्ता दुरदर्शी वैज्ञानिकहरूले पनि हामी बेलैमा सचेत नहुने हो भने मानिसको अस्तित्वलाई नै जोगाउन कठिन हुनेछ भनी चेतावनी दिएका छन्। यस परिस्थितिलाई बदल्नका लागि, हामीले पुँजीवादको विकल्प खोज्नै पर्छ। यस्तो विकल्प, जहाँ समाजवाद र साम्यवादको जगमा मानिस मानिसबीचको सम्पूर्ण असमानता र विभेदको अन्त्य होस्। अबको समाज वैज्ञानिक पद्धति, तर्क र समानतामा आधारित हुनुपर्छ। चाहे त्यो महिला होस् वा प...