जनै पूर्णिमाको यात्रा र लेक लाग्नु
डा. मनिष आचार्य
काठमाडौं, ८ भदौ । जनै पूर्णिमा हाम्रो धर्म, संस्कृति, परम्परा र पारिवारिक आत्मीयतासँग जोडिएको पवित्र पर्व हो। जनै फेर्ने, रक्षाबन्धन गर्ने, ऋषितर्पणी गर्ने, क्वाँटी खाने तथा दाजुभाइ–दिदीबहिनीबीचको आत्मीयता साटासाट गर्ने यो पर्व नेपाली समाजमा विशेष महत्व राख्छ। जनै पूर्णिमाको अवसरमा धेरै मानिसहरू गोसाइँकुण्ड, लाङटाङ, हेलम्बु, मुस्ताङ, मनाङ तथा अन्य उच्च पहाडी र हिमाली क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलहरूतर्फ यात्रा गर्छन्। तीर्थयात्रा केवल गन्तव्यसम्म पुग्ने यात्रा होइन; यो आस्था, विश्वास, प्रकृति र संस्कृतिसँग जोडिएको यात्रा हो। तर उच्च पहाडतर्फ जाँदा एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन-“आस्था ठूलो हो, तर जीवनभन्दा ठूलो कुनै गन्तव्य हुँदैन।” उचाइ बढ्दै जाँदा शरीरले नयाँ वातावरणसँग अनुकूलन गर्न समय चाहिन्छ। यही क्रममा देखिन सक्ने महत्वपूर्ण स्वास्थ्य समस्या हो-“लेक लाग्नु” ...







