विज्ञान प्रविधि

वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनीमा आइकार गाडी

वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनीमा आइकार गाडी

अर्थ, ताजा अपडेट, मुख्य खबर, विज्ञान प्रविधि, समाचार
खोटाङ, ५ बैसाख । खोटाङमा आयोजना गरिएको वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनीमा आइकार ईभी गाडी प्रदर्शनमा राखिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित हिमालय माविको आयोजनामा बैसाख ३ गतेदेखि बैसाख ७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा एसपीजी अटोमोबाइल्स प्रालि अन्तर्गत आइकार कम्पनीको भीटुथ्री गाडी प्रदर्शनमा राखिएको हो । सोल्मामै रहेको शुभम फाउण्डेसनको प्रांगणमा आयोजना गरिएको वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनीमा बिराटनगरबाट आइकार गाडी प्रदर्शनमा ल्याइएको हो । विद्युतीय सवारी (ईभी) सम्बन्धी अत्याधुनिक प्रविधि प्रदर्शन गरी स्वच्छ, स्मार्ट र दिगो यातायात बारे जनचेतना फैलाउन गाडी प्रदर्शनमा राखिएको एसपीजी अटोमोबाइल्स प्रालिको बिराटनगर शाखाका सिनियर सेल्स एम्जुकेटिभ धिरेन्द्र प्रधानले बताए । प्रदर्शनीमा ग्राहकलाई एसपीजी अटोमोबाइल्स प्रालि अन्तर्गतका प्रिमियम अटोमोब...
जलवायु परिवर्तन सम्वन्धी सप्ताहव्यापी कार्यक्रम समापन

जलवायु परिवर्तन सम्वन्धी सप्ताहव्यापी कार्यक्रम समापन

ताजा अपडेट, मुख्य खबर, विज्ञान प्रविधि, शिक्षा
खोटाङ, १८ मंसिर । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले जलवायु परिवर्तन सम्वन्धी सप्ताहव्यापी कार्यक्रम गरेको छ । क्याम्पसको हेल्थकेयर एण्ड नेचर सेलको आयोजनामा मंसिर ९ गतेदेखि मंसिर १८ गतेसम्म विभिन्न कार्यक्रम गर्दै जलवायु परिवर्तन सम्वन्धी सप्ताहव्यापी कार्यक्रम गरिएको हो । सप्ताहव्यापी कार्यक्रम अन्तरगत मंसिर ९ गतेदेखि ११ गतेसम्म जलवायु परिवर्तन सम्वन्धी प्रशिक्षण, मंसिर १२ र १३ गते क्याम्पस परिषर सरसफाई तथा बृक्षारोपण गरिएको हेल्थकेयर एण्ड नेचर सेलका संयोजक सहायक प्राध्यपक लिलाबहादुर खत्रीले बताए । मंसिर १७ र १८ गते दिक्तेलबजार सरसफाईपछि जलवायु परिवर्तन सम्वन्धी सामुहिक प्रतिवद्धता–पत्रमा हस्ताक्षर गर्दै सप्ताहव्यापी कार्यक्रम समापन गरिएको छ । जलवायु परिवर्तन सम्वन्धी प्रशिक्षण कार्यक्रममा सहजीकरण गरेका सहायक प्राध्यपक लक्ष्मीकुमार राई र सुवाशचन्द्र राईलाई कार्यक्रम समापनको अवसरमा प्रशंस...
दिक्तेलमा फागुन १५, १६ र १७ गते बाँस सम्मेलनको तयारी

दिक्तेलमा फागुन १५, १६ र १७ गते बाँस सम्मेलनको तयारी

अर्थ, ताजा अपडेट, मुख्य खबर, विज्ञान प्रविधि, स्थानीय
खोटाङ, १५ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाले प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी गरेको छ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित आगामी फागुन १५, १६ र १७ गते दिक्तेलमा बाँस सम्मेलन गर्न लागिएको हो । नगरपालिका, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय, कोसी प्रदेश र ग्रिन ब्याम्बो क्रियसन, ललितपुरको संयुक्त आयोजनामा बाँस सम्मेलन गर्न लागिएको मंसिर १४ गते आयोजित पत्रकार सम्मेलनमा मेयर तीर्थराज भट्टराईले जानकारी दिए । हालसम्म खेर गइरहेको बाँसबाट विभिन्न उपयोगी सामग्री तयार पारेर बजारीकरण गर्दै आम्दानीको श्रोतको रुपमा विकास गर्नका लागि प्रोत्साहित गर्न नगरपालिकाले बाँस सम्मेलन गर्ने निर्णय गरेको हो । बाँसबाट उपयोगी सामग्री तयार पार्ने उद्योग सञ्चालन गरेर स्थानीयलाई स्वरोजगार र समृद्ध बनाउने लक्ष्यमा टेवा पुर्‍याउने प...
भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक: राष्ट्रपति

भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक: राष्ट्रपति

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने र यसबारे जनचेतना बढाउँदै जान आवश्यक रहेको बताउनुभएको छ । नवौँ भूकम्प स्मृति दिवसको अवसरमा सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्ने र सुरक्षात्मक उपायबारे जनचेतना फैलाउन जरुरी रहेको बताउनुभयो । “भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिए पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ”, राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ, “नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार छ ।” नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको उल्ले...
टोखा नगरपालिकाको व्यावसाय दर्ता अभियान २०८० अन्तर्गतको स्थलगत अनुगमन (फोटो फिचर )

टोखा नगरपालिकाको व्यावसाय दर्ता अभियान २०८० अन्तर्गतको स्थलगत अनुगमन (फोटो फिचर )

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
टोखा नगरपालिकाको व्यावसाय दर्ता अभियान २०८० अन्तर्गतको स्थलगत अनुगमन (फोटो फिचर )  
बढ्दो गर्मिका कारण  तराईमा जनजीवन प्रभावित

बढ्दो गर्मिका कारण तराईमा जनजीवन प्रभावित

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
धनुषा- अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई-मधेसको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अधिकतम् तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो । गर्मीका कारण दिउँसोतीर मुख्य बजार सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यासमेत घट्न थालेको छ । अहिले बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई अझ बढी समस्या भएको चिकित्सकको भनाइ छ । प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा कृष्णदेव दासले अहिले स्वास्थ्य संस्थामा घाउ, खटिरा, टाइफाइड, ज्वरो, झाडापखालालगायत रोगका बिरामीको चाप बढ्न थालेको बताउनुभयो । डा दासले भन्नुभयो, “गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ । यसले दिउँसोका समयमा दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई समस्या हुने देखिन्छ । त्यसैले सबै...

भोलि मङ्गलवार सार्वजनिक बिदा दिने सरकारको निर्णय

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
काठमाडौँ । सरकारले मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलवार नेपाल भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ । मन्त्रीको सचिवालयका नरेन्द्र केसीका अनुसार अमिर शेखको नेपाल भ्रमणका कारण सार्वजनिक बिदा दिन लागिएको जानकारी दिनुभयो । विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । शेख दुई दिने नेपाल भ्रमणमा आउँदै छन् ।...

भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
काठमाडौंको भद्रकालीमा हिँडिरहेका एक भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले सामाजिक सन्जालमा एक सूचना जारी गरी उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिएको हो । शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । सो क्रममा बाटोमा हिँडिरहेका दुईजना भिक्षुमाथि प्रहरीले दुर्व्यवहार गरेको थियो । एकजना भिक्षुमाथि प्रहरीले पछाडिबाट लात्ती प्रहार गरेको भिडिओ सामाजिक सन्जालमा भाइरल छ । धेरैले उक्त भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै गृहमन्त्री रवि लामिछाने र नेपाल प्रहरीको आलोचना गरिरहेका छन् ।...

जिल्ला न्यायाधीशको परीक्षा : ४० अङ्क प्राप्त गर्ने उत्तीर्ण

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
जिल्ला न्यायाधीशको लिखित परीक्षामा अब न्यूनतम ४० अङ्क ल्याए पुग्ने भएको छ । लिखित परीक्षामा ५० प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था हटाएर ४० अङ्क प्राप्त गरे पुग्ने व्यवस्था गर्न संसदीय समितिमा सहमति जुटेको छ । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले न्याय सेवा आयोग ऐनको दफा १३ (४) मा सरकारले गरेको संशोधन प्रस्ताव स्वीकार गर्दै सो व्यवस्था गरेको हो । उक्त सहमति सङ्घीय संसद्का दुवै सदनले स्वीकार गरेर पारित भएमा विद्यमान व्यवस्था परिमार्जन हुने छ । हालको उत्तीर्ण प्रतिशत र पाठ्यक्रम अनुसार परीक्षामा सहभागी अधिकांश असफल हुँदै आएको भन्दै न्याय सेवाको समेत सुझावका आधारमा सरकारले उक्त संशोधन अघि बढाएको थियो । रिक्तमध्ये ४० प्रतिशत जिल्ला न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने व्यवस्था संविधानमा छ । गत भदौमा प्रकाशित जिल्ला न्यायाधीशको लिखित परीक्षामा एक मात्र उम्मेदवार ...

भारत-चीनबीच सीमा क्षेत्रमा तनाव कम गर्न सहमति

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
 भारत र चीनबीचको उत्तर पश्चिमी क्षेत्रमा देखिएको सीमा विवाद र त्यहाँ उत्पन्न असमझदारीका विषयलाई लिएर दुबै देशका कूटनीतिक अधिकारीहरुबीच बेइजिङमा वार्ता भएको छ ।  भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशका अधिकारीहरुबीच बुधबार बेइजिङमा २९ औँ बैठक बसेको र सीमा क्षेत्रमा देखिएको तनाव मत्थर बनाउनेतर्फ वार्ता सकारात्मक भएको जनाइएको छ । वार्ताका लागि भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिवले गर्नुभएको थियो । चीनका तर्फबाट चिनियाँ विदेश मन्त्रालयको सीमा मामिलासम्बन्धी महानिर्देशकले गर्नु भएको विज्ञप्तिमा जनाइएको छ ।  विज्ञप्तिमा दुवै पक्षले सीमा क्षेत्रमा देखिएको तनावलाई पूर्णरुपमा मत्थर बनाउनेतर्फ गम्भीर विचारविमर्श गरेका र दुई देशको सीमारेखा “लाइन-अफ-एक्चुअल कन्ट्रोल” (एलएसी) का सन्दर्भमा बाँकी रहेका मुद्दाहरु सुल्झाउने विषयमा छलफल भएको उल्लेख छ । बैठकपछि स...