अर्थ

वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनीमा आइकार गाडी

वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनीमा आइकार गाडी

अर्थ, ताजा अपडेट, मुख्य खबर, विज्ञान प्रविधि, समाचार
खोटाङ, ५ बैसाख । खोटाङमा आयोजना गरिएको वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनीमा आइकार ईभी गाडी प्रदर्शनमा राखिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित हिमालय माविको आयोजनामा बैसाख ३ गतेदेखि बैसाख ७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा एसपीजी अटोमोबाइल्स प्रालि अन्तर्गत आइकार कम्पनीको भीटुथ्री गाडी प्रदर्शनमा राखिएको हो । सोल्मामै रहेको शुभम फाउण्डेसनको प्रांगणमा आयोजना गरिएको वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनीमा बिराटनगरबाट आइकार गाडी प्रदर्शनमा ल्याइएको हो । विद्युतीय सवारी (ईभी) सम्बन्धी अत्याधुनिक प्रविधि प्रदर्शन गरी स्वच्छ, स्मार्ट र दिगो यातायात बारे जनचेतना फैलाउन गाडी प्रदर्शनमा राखिएको एसपीजी अटोमोबाइल्स प्रालिको बिराटनगर शाखाका सिनियर सेल्स एम्जुकेटिभ धिरेन्द्र प्रधानले बताए । प्रदर्शनीमा ग्राहकलाई एसपीजी अटोमोबाइल्स प्रालि अन्तर्गतका प्रिमियम अटोमोब...
कोरिया पठाउने वाहनामा ठगी गर्ने सुजन विरुद्ध प्रहरीमा जाहेरी

कोरिया पठाउने वाहनामा ठगी गर्ने सुजन विरुद्ध प्रहरीमा जाहेरी

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ३० चैत । कोरिया पठाउने वाहनामा ठगी गर्ने गोरखाको गोरखा नगरपालिका–७ का सुजन उपरकोटी विरुद्ध प्रहरीमा जाहेरी परेको छ । भिजिट भिसामा कोरिया पठाउने भन्दै धरानकी अनुसा तामाङलाई एक लाख ठगी गर्ने उपरकोटी विरुद्ध प्रहरीमा जाहेरी परेको हो । भनेको समयमा कोरिया नपठाएपछि पैसा फिर्ता माग्दा ‘दिन्छु–दिन्छु’ भन्दै झुलाएपछि पीडितले उपरकोटी विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका हुन् । ठगी गर्ने उपरकोटीलाई पक्राउ गरी आवश्यक कारवाही गर्न र रकम फिर्ता दिलाइदिन माग गर्दै जाहेरी दिइएको अनुशाका बुवा पहलमान तामाङले बताए । खोटाङको बाक्सिला पुर्खौली थलो भएका अनुशाबाट उपरकोटीले कोरिया पठाइदिने भन्दै गत साउनमा एक लाख लिएका थिए । हाल मनमैजु बस्दैआएका उपरकोटीले भिजिट भिषामा महिना दिनभित्र कोरिया पठाउने भन्दै पैसा मागेको तर कोरिया नपठाएको तथा पैसा पनि फिर्ता नदिएको अनुशाले गुनासो गरिन् । कोरिया जान...
बाम्राङका १० महिलाले पाए तीन महिने सिलाइकटाइ तालिम

बाम्राङका १० महिलाले पाए तीन महिने सिलाइकटाइ तालिम

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
योगीन राई  खोटाङ, २५ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा तीन महिने सिलाइकटाइ तालिम आयोजना गरिएको छ । उद्यमशीलताको विकासका लागि स्थानीय सिर्जना महिला कल्याण कोषको आयोजनामा सिलाइकटाइ तालिम आयोजना गरिएको हो । गत पुस १५ गते सुरु गरिएको तालिम चैत २४ गते समापन गरिएको छ । व्यवसायीक सीप सिकाएर महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजना गरिएको तालिममा १० महिलाको सहभागीता रहेको थियो । बाम्राङकै स्थानीय एवं कांग्रेस नेता राजेन्द्र राई र मंगीता राईको पहलमा जनसुधार युवा उत्थान तथा युकेमा रहेका जयकला राई र हरि राईको प्रायोजनमा सिलाइकटाइ तालिम आयोजना गरिएको हो । तालिममा कान्छी टेलर्स एण्ड ट्रेनिङ सेन्टर, दिक्तेलका नवमती तामाङले प्रशिक्षकको भूमिका निर्वाह गरेकी थिईन् । जनसुधार युवा उत्थानका उपाध्यक्ष शंकर राईको सभापतित्वमा भएको समापन कार्यक्रममा सहभागीलाई बाम्र...
अजम्बरी साना किसान कृषि सहकारी संस्थाद्धारा २४ लाख ऋण लगानी

अजम्बरी साना किसान कृषि सहकारी संस्थाद्धारा २४ लाख ऋण लगानी

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार
खोटाङ, २४ मंसिर । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालित अजम्बरी साना किसान कृषि सहकारी संस्थाले २४ लाख बढी ऋण लगानी गरेको छ । स्थापनाको वर्ष दिनमै कुल पुँजी २५ लाख २८ हजार ७९९ रुपैयाँ पुर्‍याएको कृषि सहकारी संस्थाले २४ लाख १० हजार २५० रुपैयाँ ऋण लगानी गरेको हो । सहकारीको प्रारम्भिक साधारणसभामा लेखा संयोजक खगेन्द्र राईले शेयरवापत ६ लाख ३ हजार, जगेडा कोषमा ५ हजार ९०३, सम्पूर्ण बचतमा १८ लाख ५६ हजार ७०७, अन्य दायित्वमा ५ हजार ६५० र आम्दानी ५६ हजार ५३९ रुपैयाँ भएको जानकारी दिएका छन् । सहकारीसँग हाल १ लाख १८ हजार ५४९ रुपैयाँ बाँकी रकम रहेको छ । बाँकी रकमबाट विभिन्न शिर्षकमा खर्च भएको लेखा संयोजक राईले जानकारी दिए । २०८१ पुस ४ गते सागर तामाङको अध्यक्षतामा गठन गरिएको सहकारीको कार्यक्षेत्र गाउँपालिकाबा सबै वडामा रहेको छ । साधारणसभाले तामाङ अध्यक्ष रहेको पुरानो समितिलाई यथावत राख्दै भ...
सुन्तलाको ‘मायाँ’ले बसायो गाउँ

सुन्तलाको ‘मायाँ’ले बसायो गाउँ

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार
खोटाङ, १३ मंसिर । खोटाङमा ग्रामीण पहुँच कार्यक्रम (र्‍याप)ले दिक्तेल–खोटाङबजार सडक निर्माण गरिरहेको थियो । घुर्‍यानको सुन्तला बगानलाई छोएर सडक बन्न थालेपछि दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका किसान रामबहादुर कुँवरलाई ‘अव सुन्तलामा भविष्य छ’ भन्ने लाग्यो । गाउँतेर्सो सडक बन्दैगर्दा उनी बाजे पदमबहादुर र बुवा तिलकबहादुर कुवरले रोपेका सुन्तलाका बोटलाई जगाउन लागे । नमूना कृषि तथा पशुपन्छी फर्म दर्ता गरे र बगानमा सुन्तलाको नयाँ बिरुवा ल्याएर थप्न थाले । करिब ६० रोपनी जग्गामा सुन्तलाको बोट संख्या आठ सय पुर्‍याए । हाँगै नुगिनेगरी लटरम्म सुन्तला फल्न थाले । बसाई सरेर जाने सोच पनि त्यही सुन्तलाले बदली दिएको कुवर बताउँछन् । ११ वर्ष लगाएर २०६९ असारमा दिक्तेल–खोटाङबजार सडकको ट्र्याक खुल्यो । सडकले छोएको बगान पनि सुन्तलाले भरियो । पसिना र लगानी खेर गएन । अहिले त्यही सडकबाट सुन्तला लिन ग्राहक घरमा ...
दूधकोसी जलबिद्युत आयोजनाका लागि ऋणको टुंगो लगाउन एडिबीलाई आग्रह

दूधकोसी जलबिद्युत आयोजनाका लागि ऋणको टुंगो लगाउन एडिबीलाई आग्रह

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार
खोटाङ, १० मंसिर । सरकारले ६७० मेगावाटको दूधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापनको टुंगो लगाउन एसियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि सारिएको दूधकोसी आयोजनाका लागि वित्तीय व्यवस्थापनको टुंगो लगाउन एडिबीलाई आग्रह गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आयोजनाको वित्तीय व्यवस्थापन टुंगो लगाउन एडिबीलाई आग्रह गरेका हुन् । एडिबीको दक्षिण एसिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ, एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीसँग भएको भेटमा मन्त्री घिसिङले वित्तीय व्यवस्थापन धेरै लामो समयदेखि चर्चामा रहेकाले यसलाई तत्काल टुंगो लगाइनुपर्ने बताएका छन् ।...
सालपा विकास बैंकले पायो आईपीओ खुलाउने अनुमति

सालपा विकास बैंकले पायो आईपीओ खुलाउने अनुमति

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार
खोटाङ, ९ मंसिर । खोटाङमा सञ्चालित सालपा विकास बैंकले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने नारा सहित २०६९ सालमा स्थापना गरिएको सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट मंसिर ८ गते अनुमति प्राप्त भएको सालपा बिकास बैंकका अध्यक्ष टंक राईले बताए । नेपाल राष्ट्र बैंकबाट ‘ख’ श्रेणीको इजाजत प्राप्त बैंकले आगामी दुई महिनाभित्र बाँडफाँड गरिसक्नेगरी आईपीओ खुलाउने तयारी गरेको छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि बैंकले गत वैशाख २३ गते बोर्डमा निवेदन दर्ता गरेको थियो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न माग गर्दै बोर्डमा निवेदन दिएको बैंकल...
खोटाङका करदातामध्ये सबैभन्दा बढी कर तिर्नेमा सालपा विकास बैंक

खोटाङका करदातामध्ये सबैभन्दा बढी कर तिर्नेमा सालपा विकास बैंक

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार
खोटाङ, २ मंसिर । खोटाङको सालपा विकास बैंकले उत्कृष्ट करदाताको सम्मान पाएको छ । खोटाङका सात हजार करदातामध्ये आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा बढी आयकर तिर्ने सालपा बिकास बैंकलाई सम्मान गरिएको हो । सबैभन्दा बढी कर तिर्ने बैंकलाई करदाता सेवा कार्यालय, खोटाङले १४ औं राष्ट्रिय कर दिवसको अवसर पारेर मंसिर १ गते सम्मान गरेको हो । आयकर दाखिला गर्ने करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएकाले सालपा विकास बैंकलाई सम्मान गरिएको करदाता सेवा कार्यालय खोटाङका प्रमुख कर अधिकृत कुमारी सैंजुले बताएकी छन् । (थप समाचार Views Of Nepal को पेजमा राखिएको छ ।) ...
सोलुखुम्बुको फाप्लु विमानस्थलमा ‘पावर’ र ‘पहुँच’बिना पाइन्न टिकट

सोलुखुम्बुको फाप्लु विमानस्थलमा ‘पावर’ र ‘पहुँच’बिना पाइन्न टिकट

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
सोलुखुम्बु, ३० कात्तिक । सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्कीलाई कात्तिक २९ गते अचानक काठमाडौँ झर्नुपर्ने बाध्यता आइलाग्यो । जरूरी काम परेपछि उहाँले विमान टिकटका लागि फाप्लुस्थित नेपाल एयरलाइन्सको कार्यालयमा फोन गर्नु भयो, तर जवाफ सँधैझैँ पाउनु भो, “टिकट छैन” । यही छोटो वाक्यले कार्कीको मात्रै होइन, अहिले समग्र तल्लो सोलुखुम्बुका सर्वसाधारणको वास्तविक अवस्था उजागर गरेको छ । कार्कीलाईजस्तै धेरैलाई अत्यावश्यक काम परे पनि सामान्य फोन, सामान्य शैली र सामान्य नागरिकको हैसियतमा जहाजको टिकट पाइन्छ भन्ने विश्वास लाग्न छाडिसकेको छ । अन्ततः कार्की काठमाडौँ जान सडकमार्ग नै रोज्न बाध्य हुनुभयो । “यो घटना व्यक्तिगत पीडा मात्र होइन, सोलुखुम्बुमा विमान सेवा कति अव्यवस्थित, कति पहुँचवाला व्यक्तिको कब्जामा र कति सर्वसाधारणविरोधी बनिरहेको छ भन्ने कठोर यथार्थ हो” सल्लेरीका रस्विन मगरले भन्नुभयो । अहिले...
दुधकोसी दोश्रोका लागि जुट्यो लगानी

दुधकोसी दोश्रोका लागि जुट्यो लगानी

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार
खोटाङ, ५ असोज । ७० मेगावाट क्षमताको दुधकोसी दोश्रो अर्धजलासय जलबिद्युत आयोजनाका लागि लगानी जुटेको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको देउसा र जुबुको सिमामा बाँध तथा खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीको देम्लीटारमा पावरहाउस रहने दुधकोसी दोश्रोका लागि लगानी जुटाइएको हो । आयोजनाका लागि लक्ष्मी सनराइज बैंकको अगुवाईमा एभरेष्ट बैंक र सानीमा बैंकले साढे १० अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) अजयविक्रम शाह र विकासकर्ता दूधकोशी हाइड्रोपावर नेपाल प्रालिका अध्यक्ष कदम केसीले ऋण सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ऋण लगानी जुटेकाले अब आयोजनाको काम अघि बढ्ने कम्पनीका अध्यक्ष केसीले बताए । सो विद्युत उत्पादनको लागि विद्युत विकास विभागबाट २०७७ असोजमा इजाजतपत्र (लाइसेन्स) लिइएको थियो । आयोजनाको कुल अनुमानित लागत १५ अर्ब रुपैयाँ रहेको छ । त्यस...