मल्टिमिडिया

‘साकेला खोटाङ मेरो गाउँ’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

‘साकेला खोटाङ मेरो गाउँ’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

ताजा अपडेट, मल्टिमिडिया, मुख्य खबर, संगीत
खोटाङ, २ मंसिर । संगीतकर्मी रोशन अधिकारीको ‘साकेला खोटाङ मेरो गाउँ’ बोलको गीत सार्वजनिक भएको छ । खोटाङको साँस्कृतिक, भौगोलिक तथा सामाजिक पहिचान समेटिएको गीतको भिडियो ‘रोशन भाई’ यु–टुबमार्फत सार्वजनिक गरिएको हो । खोटाङको इतिहास, प्रकृति, जातीय विविधता तथा सामुदायिक एकतालाई जीवन्त रूपमा प्रस्तुत गरिएको गीतमा भ्वईस अफ नेपाल सिजन सेभेनका प्रतिष्पर्धी सागर संसार राई र स्वयं रोशन अधिकारीको स्वर रहेको छ । अधिकारीकै शव्द र संगीत रहेको गीतको संगीत संयोजन तथा मिक्सिङ–मास्टरिङ सागर संसार राईले गरेका हुन् । गीतको रेकर्डिङ मिस्टर डिजे मेवाहाङ राई र गीतको सम्पूर्ण काम माहोल स्टुडियोमा गरिएको हो । गीतमा खोटाङको भौगोलीक सौन्दर्य, स्थानीय जीवनशैली र सामुदायिक मौलिकतालाई केन्द्रमा राख्दै जन्मभूमिप्रतिको गहिरो प्रेमभाव व्यक्त गरिएको छ । गीतको भिडियोमा खोटाङकै टेम्के, सेल्मे, साप्सु, तावा खोला, दिप्रुङ झरन...
‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

‘भ्रष्ट नेतालाई सिलौटामा पिस्नु’ (भिडियो सहित)

ताजा अपडेट, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, समाचार
काठमाडौं, २४ साउन । ‘हरि ओम विष्णु विष्णु ! नेपालका भ्रष्ट नेतालाई सिलौटामा पिस्नु !’ यो कुनै वैदिक मन्त्र होइन, चर्चित हाँस्या कलाकार दमन रुपाखेतीद्वारा प्रस्तुत गरिएको गाइजात्रे व्यंग्य ‘ड्यामड्याम’ को एक झल्को हो, जसले यतिबेला सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ । ‘जसो–जसो जजमान, तसो–तसो स्वाहा’ भन्दै श्राद्ध ब्रह्मणको भेषमा देखिएका रुपाखेती, संसदमा बोल्न नसक्ने नेता, निदाउने नेता र उफ्रिने नेतामाथि तिखो कटाक्ष गर्दै ‘सिस्नु पानीले हान्नु नम’ भन्न समेत पछि परेका छैनन् । रुपाखेतीका अनुसार, ‘ड्यामड्याम’ केवल हाँसोको लागि होइन, राजनीतिक चेतना र दलगत स्वार्थविरुद्धको व्यंग्यात्मक घनघोर प्रहार हो । व्यंग्यत्मक प्रस्तुतिमार्फत नेपालका नेतादेखि दलगत प्रवृतिमाथि तिखो प्रहार गरिएको छ । ‘नेताहरूको नाम होइन, प्रवृत्तिमाथि झटारो हो यो,’ उनी भन्छन् । दमन रुपाखेतीले निर्देशन गरेका उक्त गाइजात्रे भ...
‘क्या मिठो बोली मैच्याङ्ग’ सार्वजनिक (भिडियो सहित)

‘क्या मिठो बोली मैच्याङ्ग’ सार्वजनिक (भिडियो सहित)

ताजा अपडेट, मल्टिमिडिया, मुख्य खबर, संगीत, समाचार
काठमाडौं, २९ असार । गायक दिलिप तामाङको ‘क्या मिठो बोली मैच्याङ्ग’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । खोटाङको दिक्तेल स्थायी घर भई हाल बेलायत बस्दै आएका गायक तामाङको अफिसिलय युट्ब च्यानलमार्फत गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । स्टेजमा आफ्नो सांगीतिक प्रस्तुती दिँदैआएका तामाङ ‘क्या मिठो बोली मैच्याङ्ग’मार्फत औपचारिकरुपमा नेपाली संगीत जगतमा प्रवेश गरेका छन् । प्रवासबाट औपचारिकरुपमा संगीतमा ‘डेव्यु’ गरेका तामाङलार्ई गायिका लिला गोम्देनले साथ दिएकी छिन् । श्रुतीमा श्रेष्ठ तामाङको प्रस्तुति रहेको गीतमा डिल्लीराम राईको शब्द र आशुसेन लामाको संगीत रहेको छ । सेलो विटमा रहेको गीतले नेपाली संगीतको परम्परागत मिठासलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको गायक तामाङले बताए । ‘क्या मिठो बोली मैच्याङ्ग’ को म्युजिक भिडियोमा मोडल डोना थापा र याङजी दोङलगायतले अभिनय गरेका छन् । भिडियोले गीतक...
प्रशान एलुङ राईको ‘घर हाम्रो सोलुखुम्बु’ सार्वजनिक (भिडियो सहित)

प्रशान एलुङ राईको ‘घर हाम्रो सोलुखुम्बु’ सार्वजनिक (भिडियो सहित)

मल्टिमिडिया, मुख्य खबर, संगीत, समाचार
काठमाडौँ, २६ असार । गीतकार तथा निर्देशक प्रशान एलुङ राईको ‘घर हाम्रो सोलुखुम्बु’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रशानको शब्द, अनिल कोयी राईको पूर्वेली लयमा तयार भएको सोलुखुम्बुको परिचय बोल्ने गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर रेकर्ड छ । गीतको भिडियोमा कलाकार हरि निरौला ‘कक्रोच’, बबिन राई ‘गल्फने बाजे’, क्रिसला तामाङ, तथा भिमफेदी गाइजका निर्मल लामा र उनको टिमको आकर्षक प्रस्तुति देख्न पाइन्छ । गीत निर्माणमा १५ लाख बढी लगानी भएको निर्माण पक्षको दाबी छ । रोचक के छ भने भिडियोमा काम गरेका गीतकार तथा निर्देशक प्रशान एलुङ राई, कलाकार द्वय हरि निरौला ‘कक्रोच’ र बबिन राई ‘गल्फने बाजे’ सोलुखुम्बुको नेचासल्यानका हुन् । १७ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका राईले यसअघि ‘दिलैको दरबार’ र ‘साइँली’मा आफ्नो कलात्मक खुबी देखाइसकेका छन् । गीतमा सोलुखुम्बुको साबिकको ३४ वटै गाविसको नाम जोडिएको छ । स...
‘लेखेको भाबी भेटिदैन’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक (भिडियो सहित)

‘लेखेको भाबी भेटिदैन’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक (भिडियो सहित)

ताजा अपडेट, मल्टिमिडिया, मुख्य खबर, संगीत, समाचार
काठमाडौं, १७ जेठ । चर्चित गायक राजेश पायल राईले गाएको ‘लेखेको भाबी भेटिदैन’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक गरिएको छ । दुई वर्षअघि राईले गाएको गीतलाई पुःन पछिल्लो पुस्ताकी लोकप्रीय गायीका सुनिता थेगिमको स्वरमा सार्वजनिक गरिएको हो । गीतको फिमेल भर्सनको भिडियो यूटुवमार्फत सार्वजनिक गरिएको छ । सो गीतलाई गायीका थेगिमले केही फरक शैलीमा गाएकी छन् । गीतकार बिकास संगम राईले लेखेको तथा बिक्रम राईको संगीत रहेको गीतको भिडियोमा बिकास राई, चाहना मगर, चर्चित कलाकार श्याम राई र कबिता आले मगर लगायतको अभिनय रहेको छ । सशक्त अभिनय र उत्कृष्ट निर्देशन रहेको भिडियो मकवानपुरको चित्लाङ्गमा छायाङ्कन गरिएको हो । पहिलो संस्करणमा सबैको मन मुटुमा बस्न सफल गीतको दोश्रो संस्करणले पनि सबैको मन जित्ने अपेक्षा गरिएको छ । कथा निर्देशन कुशुम लत्ता राईको रहेको भिडियो रौरभ लामाले चिखेका हुन् । गीतको एरेञ्जर राजु कार्की छन...
‘फूलै पहेँली’ बोलको लोक गीत बजारमा (भिडियो सहित)

‘फूलै पहेँली’ बोलको लोक गीत बजारमा (भिडियो सहित)

ताजा अपडेट, मल्टिमिडिया, मुख्य खबर, संगीत, समाचार
काठमाडौं, २ जेठ । खोटाङका गायक मबिन्द्र राईको ‘फूलै पहेँली’ बोलको लोक गीत बजारमा आएको छ । गायक राई र निर्मला घिसिङको स्वर रहेको मौलिक लोकभाका स्वयं राईकै नाममा खोलिएको यु–टुब च्यानलबाट सार्वजनिक गरिएको हो । राई सहितका टिकटक प्रयोगकर्ताले गत असोजमा क्रियट गरेको ‘टिकटक साझा चौतारी’को पहिलो प्रस्तुतीको रुपमा पुरानो लोक लयमा आधारित गीत तयार पारिएको हो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका गायक राईकै लय र शब्द संकलन रहेको गीतका म्युजिक एरेञ्जर कुमार थापा मगर र मिक्स/मास्टर राजु कार्की छन् । सुरेश पायल राई र मनोज साङसोन राई रेकर्डिष्ट रहेको गीतको प्रोडुसर प्रशान राई, पुर्ण भाट र गजेन्द्र राई छन् । राईले दुर्छिमकै साल्तेम्मा, राबु, चुमाखु भञ्ज्याङ, रातमाटे, महादेवस्थान (हलेसी)को कात्तिके लगायतका ठाउँका बुढापाकाले मादल बजाउँदै गाउने पुरानो भाकालाई संकलन गरेर गीत तयार पारेका हुन् । मुन्दुम अध्यता...
‘जहाँ फूल उहीँ भमरा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

‘जहाँ फूल उहीँ भमरा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

ताजा अपडेट, मल्टिमिडिया, मुख्य खबर, संगीत
काठमाडौं, २१ बैसाख । ‘जहाँ फूल उहीँ भमरा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक केशव भाबुक र अस्मीता अधिकारीको स्वर रहेको गीतको म्यूजिक भिडियो सनराईन म्यूजिकको युटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो । शुभ मरहट्ठाको शव्द र तोरेम्पा हाङको संगीत रहेको गीतको म्युजिक अरेञ्जर राजु अधिकारी छन् । राजकुमार घिमिरेको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोमा मिस पवी, विकसित शर्मा, सुरेश देवल, प्रविना खड्का लगायतको अभिनय रहेको छ । खोटाङका गायक भाबुकको गत कात्तिकमा ‘यो जुनि यस्तै भो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको थियो । सन् २०१७ देखि औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका भावुकले दर्जनौं आधुनिक, फिल्मी र दोहोरी गीत गाइसकेका छन् । उनका ‘भन को थियो, म मजदुर मायाँको, ए मायाँ, दुख्छ मुटु, फूल फुल्यो, तिम्रो मायाँले, हिन्दी गीत मेरे इस दिलपे’ लगायत दर्शक/श्रोताले रुचाएको गीत हुन...
‘हेलो हाई नमस्कार’ सार्वजनिक (भिडियो सहित)

‘हेलो हाई नमस्कार’ सार्वजनिक (भिडियो सहित)

ताजा अपडेट, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, समाचार
काठमाडौं, २६ चैत । गायीका मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्रजयपाल राईको शब्द तथा डि आर अटुको संगीत रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । यु–टुवमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा मायाँ र प्रेमका भावहरुलाई समेटिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, राकेश दाहालको सम्पादन तथा जसबहादुर याक्खाको निर्देशन रहेको गीतमा पुनम श्रेष्ठको कोरियोग्राफी रहेको छ । गीतमा सोनम तामाङ र सन्जना गुरुङको फिचरिङ रहेको छ । भिडियो-...
शैक्षिक सुधार कार्यदलले नगरलाई बुझायो १२६ पृष्ठको प्रतिबेदन (भिडियो सहित)

शैक्षिक सुधार कार्यदलले नगरलाई बुझायो १२६ पृष्ठको प्रतिबेदन (भिडियो सहित)

ताजा अपडेट, मल्टिमिडिया, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, २३ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गठन गरेको शैक्षिक सुधार कार्यदलले आफ्नो प्रतिबेदन बुझाएको छ । २०८० माघ १८ गतेको नगर कार्यपालिका बैठकबाट शैक्षिक अभियान्ता सुर्य राईको संयोजकत्वमा गठन गरिएको कार्यदलले १२६ पृष्ठको प्रतिबेदन बुझाएको हो । चैत २१ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई प्रतिबेदन बुझाइएको कार्यदलका संयोजक सुर्य राईले बताए । भिडियो-...
प्रभावन्यूज डटकमको प्रवन्ध निर्देशकमा आचार्य

प्रभावन्यूज डटकमको प्रवन्ध निर्देशकमा आचार्य

ताजा अपडेट, मल्टिमिडिया, मुख्य खबर, समाचार, सुचना प्रबिधी
खोटाङ, १८ मंसिर । खोटाङबाट सञ्चालित प्रभावन्युज डटकमको प्रवन्ध निर्देशकमा विराज आचार्यलाई नियुक्त गरिएको छ । प्रभावन्यूज नेटवर्कद्वारा संचालित प्रभावन्यूज डटकमको प्रवन्ध निर्देशकमा आचार्यलाई नियुक्त गरिएको हो । दिक्तेलबजारको भवनगैरास्थित प्रभावन्यूजको कार्यालयमा मंसिर १८ गते एक कार्यक्रमकोबीच आचार्यलाई प्रवन्ध निर्देशकको जिम्मेवार प्रदान गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी तथा सम्पादक समाजका अध्यक्ष कृष्ण आचार्यमार्फत नवनियुक्त आचार्यलाई पुष्पगुच्छा दिएर जिम्मेवारी प्रदान गरिएको छ । नवनियुक्त आचार्यलाई नेटवर्कका अध्यक्ष उत्तम चौलागाईं, नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि सुमनबाबु आचार्य, अन्नपूर्ण पोस्ट दैनिकका सम्वाददाता रत्न आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्वर–१ का वडासदस्य बलराम आचार्य, निर्माण व्यवसायीद्वय प्रकाश थापा, फडिन्द्र आचार्य लगायतले नवनियुक्त आचार्यल...