स्वास्थ्य

उपचारमा छुट दिलाउन जन्तेढुंगा र दुई अस्पतालबीच सम्झौता

उपचारमा छुट दिलाउन जन्तेढुंगा र दुई अस्पतालबीच सम्झौता

ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय, स्वास्थ्य
खोटाङ, २९ साउन । नागरिकलाई सहुलियतमा उपचार दिलाउनका लागि खोटाङको जन्तेढुंगा गाउँपालिकाले दुई अस्पतालसँग सम्झौता गरेको छ । बिरामी परेका आफ्नो नागरिकलाई सहुलियतमा स्वास्थ्य सेवा प्रदानका लागि गाउँपालिकाले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेज टिचिङ अस्पताल, बिराटनगरसँग सम्झौता गरेको हो । गाउँपालिकाभित्रका बिरामीलाई सहुलियतमा उपचार सेवा उपलव्ध गराउनका लागि साउन २६ गते एक वर्षका लागि दुई अस्पतालसँग सम्झौता गरिएको जन्तेढुंगा गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताए । (विस्तृत समाचार Views Of Nepal को पेजमा प्रकाशित छ ।) ...
क्यान्सर पीडितको जीवन बचाउका लागि ५ लाख संकलन

क्यान्सर पीडितको जीवन बचाउका लागि ५ लाख संकलन

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज, स्वास्थ्य
खोटाङ, ११ साउन । संखुवासभाको क्यान्सर पीडित एक महिलाको जीवन बचाउका लागि ५ लाखभन्दा बढी सहयोग जुटेको छ । संखुवासभा धर्मदेबी नगरपालिका–५ माम्लिङ निवासी २९ वर्षीय टीका कार्कीको सहयोगार्थ ५ लाख २ हजार ८७ रुपैयाँ संकलन भएको हो । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे माइती घर भएकी टिकाको जीवन रक्षाका लागि हाल कतारमा रहेका अभियान्ता दिलीप श्रेष्ठको पहलमा सहयोग जुटाइएको हो । क्यान्सर पीडित टीकाको सहयोगार्थ गत असार ५ गतेदेखि साउन १० गते अभियान सञ्चालन गरिएको थियो । अभियानका दौरान स्वदेश तथा विदेशमा रहेका २१३ जना दाताबाट सहयोग संकलन गरिएको हो । संकलन भएको रकम बिरामीका बुवा नीरबहादुर खड्काको खातामा जम्मा गरिएको श्रेष्ठले जानकारी दिए । टिका वर्षदिन अघिदेखि पाठेघरको क्यान्सरबाट पीडित छिन् । पीडितको हाल बिर्तामोडस्थित बिएनसी अस्पतालमा उपचार भइरहेको छ । टिकाको उपचारका क्रममा हालसम्म १५ लाख खर्च भइस...
पूर्ण स्तनपानमा पढेकाभन्दा नपढेका आमा अब्वल

पूर्ण स्तनपानमा पढेकाभन्दा नपढेका आमा अब्वल

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २२ असार । झट्ट सुन्दा लाग्छ, लेखपढ नगरेको आमालेभन्दा पढेलेखेको आमाले आफ्नो बच्चालाई पूर्ण स्तनपान गराउँछन् तर तथ्य त्यस्तो छैन । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ का अनुसार धेरै पढेका नेपाली आमालेभन्दा कम पढेका आमाले आफ्नो बच्चालाई पूर्ण स्तनपान गराउने गरेको पाइएको छ । आमाको दुधलाई प्रतिष्थापन पर्ने वस्तु (विक्री वितरण) ऐन, २०४९ तथा नियमावली, २०५१ को सन्दर्भमा स्वास्थ्य कार्यालय खोटाङले आयोजना गरेको कार्यक्रममा समेत यस विषयमा चर्चा भएको छ । असार २२ गते आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य कार्यालय खोटाङका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले देशभरका मावि तह अध्ययन गरेका ५३ प्रतिशत आमाले पूर्ण स्तनपान गराएको जानकारी दिए । यस्तै, आधारभुत शिक्षा अध्ययन गरेका ६१ प्रतिशत र शिक्षा नभएका ५९ प्रतिशत आमाले पूर्णरुपमा स्तनपान गराएको तथ्यांक वारे चर्चा गरिएको छ । वच्चाले ज...
पाठेघरको क्यान्सर भएको टीकालाई बचाउन प्रवासबाट अभियान

पाठेघरको क्यान्सर भएको टीकालाई बचाउन प्रवासबाट अभियान

ताजा अपडेट, प्रवास, मुख्य खबर, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १५ असार । संखुवासभाको क्यान्सर पीडित महिलाको जीवन बचाउका लागि कतारबाट अभियान चलाइएको छ । संखुवासभा धर्मदेबी नगरपालिका–५ माम्लिङ निवासी २९ वर्षीय टीका कार्कीको सहयोगार्थ दोहाबाट अभियान चलाइएको हो । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे माइतीघर भएकी टिकाको जीवन रक्षाका लागि हाल कतारमा रहेका दिलीप श्रेष्ठको पहलमा सहयोग अभियान थालिएको हो । टिका वर्षदिन अघिदेखि पाठेघरको क्यान्सरबाट पीडित छिन् । पीडितको हाल बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अपरेसन गरेर पाठेघर फालिसकिएको छ तर क्यान्सरको असर फैलिँदै फोक्सोमा पुगेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । क्यान्सर पीडितको सहयोगकालागि हालसम्म स्वदेश तथा विदेशमा रहेका १५५ जना दाताबाट ३ लाख १७ हजार ६३४ रुपैयाँ सहयोग जुटिसकेको अभियान्ता श्रेष्ठले जानकारी दिए । टिकाको उपचारका क्रममा हालसम्म १५ लाख खर्च भइसहेको छ । अझै लामो...
काँडाघारी आँखा शिबिर तथा बृहत रक्तदान

काँडाघारी आँखा शिबिर तथा बृहत रक्तदान

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, २६ बैसाख । खोटाङ हलेसी सेवा समाज काठमाडौं लगायतका संस्थाले काठमाडौंमा आँखा शिबिर तथा बृहत रक्तदान कार्यक्रम गरेको छ । कान्तिपुर अस्पतालसँगको सहकार्यमा खोटाङ हलेसी सेवा समाज, लायन्स क्लव अफ काठमाडौं, न्यु ग्रिन सिटी/मिराकल सिटीको संयुक्त आयोजनामा बैसाख २६ गते आँखा शिबिर तथा बृहत रक्तदान कार्यक्रम गरिएको हो । अर्किड स्कुल काँडाघारी काठमाडौंमा आयोजना गरिएको शिविरमा ३५३ जनाको आँखा जाँच गर्नुका साथै १५१ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ । यस्तै, ५१ जनाले रक्तदान गरेको खोटाङ हलेसी सेवा समाज काठमाडौंका सचिव कुमारबाबु बस्नेतले जानकारी दिए । शिबिरमा खोटाङ तथा अन्यत्र जिल्लाका गरि करिब साँढे पाँच सयको उपस्थिति रहेको थियो । खोटाङ हलेसी सेवा समाजका अध्यक्ष इन्दा थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेता रोजन राई, लुम्बिनी बिकास कोषका सदस्य राजेन्द्र राई लगायतको उपस्थिति रहेको थियो । नेत्...
जिल्ला अस्पताल दिक्तेलमै छैन ‘एन्टी रेबिज भ्याक्सिन’

जिल्ला अस्पताल दिक्तेलमै छैन ‘एन्टी रेबिज भ्याक्सिन’

ताजा अपडेट, प्रदेश, मुख्य खबर, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १६ बैसाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७७ वर्षीय वृद्ध रामनाथ आचार्य रेबिजविरुद्धको खोप लगाउनका लागि चैत ३० गते जिल्ला अस्पताल दिक्तेल पुगे तर अस्पतालमा खोप पाएनन् । चैत २९ गते कुकरले टोकेपछि वृद्ध आचार्य लट्ठी टेक्दै ‘एन्टी रेबिज भ्याक्सिन’ लगाउन अस्पताल पुगेका थिए । जिल्ला अस्पतालमै ‘एन्टी रेबिज भ्याक्सिन’ नपाएपछि आचार्य हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित नगर अस्पताल पुगेर एक डोज खोप लगाए । बाँकी दुई डोज खोप दिक्तेलकै क्लिनिकमा किनेर लगाएको आचार्य बताउँछन् । यस्तै, दिक्तेलकै ७ वर्षीय बालकले पनि जिल्ला अस्पतालमा ‘एन्टी रेबिज भ्याक्सिन’ पाएनन् । बजारका क्लिनिकबाट भ्याक्सिन किनेर लगाइएको पीडित परिवारको गुनासो छ । यी केही उदाहरण हुन् । सरकारले जिल्ला अस्पतालमा ‘एन्टी रेबिज भ्याक्सिन’को व्यवस्थापन गर्न नसक्दा जिल्लाका नागरिक मारमा परिरहेका छन् । कुकुर व...
कस्मेटिक, छाला तथा यौनरोगको उपचारका लागि इटहरीमा सुविधा सम्पन्न अस्पताल

कस्मेटिक, छाला तथा यौनरोगको उपचारका लागि इटहरीमा सुविधा सम्पन्न अस्पताल

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १ बैसाख । सुनसरीको इटहरीमा कस्मेटिक, छाला, यौनरोग तथा कुष्ठरोगको उपचारका लागि स्पेशल एस्थेटिक अस्पताल सञ्चालनमा ल्याइएको छ । छाला, सौन्दर्य, यौन स्वास्थ्य लगायतको उपचार सेवा प्रदान गर्ने उद्धेश्यका साथ इटहरी उपमहानगरपालिका–९ बसपार्कको उत्तरतर्फ अत्याधुनिक प्रविधि सहितको अस्पताल सुरु गरिएको हो । सौन्दर्य, छाला तथा यौन स्वास्थ्य सम्वन्धी समस्याको विश्वस्तरीय प्रविधिबाट निदान तथा उपचार गर्ने लक्ष्यका साथ कोशी प्रदेशमै पहिलो सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याइएको हो । अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ र विश्वसनीय सेवा सहित पुर्वमै पहिलो अस्पताल स्थापना गरिएको मार्केटिङ म्यानेजर तिलकबहादुर महतले बताए । गत मंसिरदेखि सेवा प्रवाह सुरु गरेको अस्पतालले विशेषज्ञद्धारा छाला, यौन रोग तथा कुष्ठरोगको उपचार, स्थायी कपाल हटाउने, कपाल रोपण तथा कपाल उमार्ने, डण्डीफोर, दाग, खत, चायाँ, पोतो, तिल, ...
२०८० सालमै बन्नुपर्ने अस्पतालको भवन अलपत्र, ठेकेदारको गाडी नगरले लियो नियन्त्रणमा

२०८० सालमै बन्नुपर्ने अस्पतालको भवन अलपत्र, ठेकेदारको गाडी नगरले लियो नियन्त्रणमा

ताजा अपडेट, मुख्य खबर, समाचार, स्वास्थ्य
खोटाङ, ९ चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आधारभुत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधिन आधारभुत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमुना/हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । आवश्यक निर्माण सामाग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम सुरु नभएसम्मका लागि चैत ८ गतेदेखि गाडी, गाडीको चाँबी र सवारी साधन दर्ता प्रमाण–पत्र नियन्त्रणमा राखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन् । (विस्तृत समाचार Views Of Nepal TV पेजमा मा प्रकाशित छ ।) ...
विहे भोज खाएको निहुमा फैलिएको महामारी पूर्णरुपमा नियन्त्रणमा

विहे भोज खाएको निहुमा फैलिएको महामारी पूर्णरुपमा नियन्त्रणमा

ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय, स्वास्थ्य
खोटाङ, २८ माघ । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा विहे भोज खाएको निहुमा फैलिएको महामारी नियन्त्रणमा आएको छ । माघ २१ गतेको विवाह भोज खाएपछि बिरामी परेका सबै स्थानीय निको भएका छन् । विवाह भोज खाएकामध्ये बेहुला–बेहलीसहित १७३ जना स्थानीय विरामी परेका थिए । स्वास्थ्यमा समस्या आएपछि उपचारमा राखिएकाकामध्ये बाँकी रहेका चार जना बिरामी निको भएर माघ २७ गते दिउँसो घर फर्किएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष अरुणादेबी राईले बताईन् । उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचारमा राखिएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईले विज्ञाप्ती जारी गर्दै हाल कुनै पनि बिरामीको स्वास्थ्यमा जटिल समस्या नदेखिएको र नमूना परिक्षणबाट कुनै संक्रमण नदेखिएको जानकारी दिएका छन् । विवाह भोज खाएका स्थानीय माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् । भोज खाएको करिव १२ घण्टापछि ज्वरो ...
६ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

६ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २७ माघ । कनककुमारी स्मृति प्रतिष्ठानले खोटाङको रावाबेँसी गाउँपालिकाका ६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाकी स्वर्गीय कनककुमारी पोखरेल र छोरा डोरमणी पोखरेलको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले गाउँपालिकाको ६ वडाका एक/एक जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई ‘कनकुमारी पोखरेल उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेबिका’ सम्मान प्रदान गरेको हो । दुर्गम ठाउँका सर्वसाधारणको स्वास्थ्य सेवामा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै प्रतिष्ठानले महिला स्वास्थ्य स्वयंसेविका सम्झना थापा मगर, इन्द्र परियार, लङ्कमायाँ मगर, शिवकुमारी पाण्डे, प्रमिला थापा मगर र निर्मला श्रेष्ठलाई सम्मान गरेको छ । माघ २६ गते शारदा मावि, खार्पामा आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई जनही सात हजार सहित सम्मान–पत्र प्रदान गरिएको छ । आर्थिक त...