समाज

प्रेस युनियन खोटाङको अध्यक्षमा शेर्पा निर्वाचित

प्रेस युनियन खोटाङको अध्यक्षमा शेर्पा निर्वाचित

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २७ भदौ । नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङको अध्यक्षमा चिसाङ शेर्पा निर्वाचित भएका छन् । भदौ २६ गते सम्पन्न आठौं जिल्ला अधिबेसन तथा ११ औं साधारणसभाबाट शेर्पा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । प्रेस युनियनको वरिष्ठ उपाध्यक्षमा कृष्णकला राई र महिला उपाध्यक्षमा एनिसा राई, सचिवमा सुनिल श्रेष्ठ, सह–सचिवमा योगीन राई र कोषाध्यक्षमा मनिता राई चयन भएका छन् । यस्तै, सदस्यमा मनोज आचार्य, दिनराज कार्की, पदम हिङमाङ, मिलन अचार्य र एल्जिना राई चयन भएका छन् । केन्द्रीय महाधिबेसन प्रतिनिधिमा कृष्ण आचार्य, दिलीप खत्री, उत्तम चौंलागाई, राजकुमार भट्टराई, रबिना सुबेदी (खत्री) र खिलन राई तथा प्रदेश प्रतिनिधिमा अमृत गिरी, पदम हिङमाङ, योगीन राई र एल्जिसा राई चयन भएका छन् । प्रेस युनियनले प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्यलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको थियो । प्रेस युनियनको अधिबेसन कोशी...
वन तथा वातावरण शिर्षकको बजेटमा स्थानीय सरकारको मनोमानीः फेकोफोन

वन तथा वातावरण शिर्षकको बजेटमा स्थानीय सरकारको मनोमानीः फेकोफोन

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २४ भदौ । खोटाङ सहित चार जिल्लाका सामुदायीक वन उपभोक्ता महासंघले स्थानीय तहमा वन तथा वातावरण शिर्षकको बजेट आफुखुसी खर्च भइरहेको गुनासो गरेका छन् । खोटाङ, भोजपुर, ओखलढुंगा र सोलुखुम्बुका सामुदायीक वन उपभोक्ता महासंघले स्थानीय तहमा वन तथा वातावरण शिर्षकमा बिनियोजन हुने बजेट मनोमानी खर्च भइरहेको गुनासो गरेका हुन् । भदौ २३ र २४ गते हलेसीमा आयोजना गरिएको संस्थागत र कानूनी क्षमता अभिवृद्धि सम्वन्धी छलफलमा सहभागी सामुदायीक वन उपभोक्ता महासंघका प्रतिनिधिले सबै स्थानीय तहले वन तथा वातावरण शिर्षकको बजेट लक्षित समुहसँग समन्वय नगरी खर्च गरिरहेको चर्चा गरेका हुन् । सामुदायीक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला शाखा, खोटाङले चार जिल्लाका सामुदायीक वन उपभोक्ता महासंघकर्मीलाई भेला गरेर छलफल आयोजना गरेको हो । छलफलमा स्थानीय, प्रदेश र संघीय सरकारले सामुदायीक वनमाथि अनावश्यक करको झमेला थोपरेको, सरकारले स...
नाछिरिङ समुदायबाट पहिलोपल्ट सगरमाथा आरोहण गर्ने युवराज सम्पर्क विहिन

नाछिरिङ समुदायबाट पहिलोपल्ट सगरमाथा आरोहण गर्ने युवराज सम्पर्क विहिन

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ११ भदौ । नाछिरिङ समुदायबाट पहिलोपल्ट सगरमाथा आरोहण गर्ने आरोही युवराज राई रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्क विहिन बनेका छन् । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क निवासी राई भदौ १० गते तिब्बततर्फबाट भोटेकोशीमा झरेको बाढीपछि सम्पर्क विहिन बनेका हुन् । तिब्बततर्फबाट रसुवा झर्नेक्रममा आरोही राई सम्पर्क विहिन बनेको भाई अर्जुन नाछिरिङले बताए । भिषण बाढीपछि आरोही राई सहित खोटाङका सात जना सम्पर्क विहिन बनेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए । प्रहरीका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भइ हाल नेपाली सेनाको मैलुङ पोष्टमा कार्यरत लेसनायक पवन खत्री दाहाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका कविन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका सुर्जबहादुर परियार, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका बालकुमार त...
जोतिरहेको हल गोरु चट्याङले ठहरै

जोतिरहेको हल गोरु चट्याङले ठहरै

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ६ भदौ । चट्याङले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा हल गोरु मारिएको छ । भदौ ६ गते साँझ वर्षासँगै परेको चट्याङले साविक सल्ले–९ तल्लो चिचिङ्गाका ५४ वर्षीय दिलकुमार राई ‘रैलेम्पा’को हल गोरु मारिएको हो । राईले बारीमा जोतिरहेकोबेला चट्याङ पर्दा हल गोरु घटनास्थलमै मारिएका हुन् । चट्याङका कारण राई आधा घण्टा बेहोस बनेको स्थानीय सन्तोष श्रेष्ठले जानकारी दिए । गोरुलाई होराउन लागेकोबेला नजिकैको रुखमा चट्याङ परेको थियो । चट्याङले चोइटिएको रुख उछिट्टिएर बारीमा आइपुगेको थियो । घाइते राई नगरपालिकाले नियुक्त गरेको सडक हेरालु पनि हुन् । चप्पल लगाएका कारण राईको ज्यान जोगिएको स्थानीयले बताएका छन् ।...
शिक्षक तामाङलाई ५५ हजार ५५५ राशीको उत्कष्ट शिक्षक पुरस्कार

शिक्षक तामाङलाई ५५ हजार ५५५ राशीको उत्कष्ट शिक्षक पुरस्कार

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार, समाज
खोटाङ, ५ भदौ । शुभशेर राई स्मृति प्रतिष्ठान खोटाङले शिक्षक इन्द्रकुमार तामाङलाई उत्कष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका स्वर्गीय शिक्षक शुभशेर राईको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले शिक्षक तामाङलाई ५५ हजार ५५५ रुपैयाँ राशीको शुभशेर राई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको हो । बार्षिक रुपमा जिल्लाका एक जना उत्कृष्ट शिक्षकलाई छनौट गरेर प्रदान गरिने पुरस्कार यस वर्ष साकेला गाउँपालिका–२ रतन्छास्थित साकेला माविमा कार्यरत तामाङलाई प्रदान गरिएको हो । स्वर्गीय शिक्षकको पाँचौं वार्षिक पुण्यतिथिको अवसरमा भदौ ५ गते दिक्तेलमा आयोजित कार्यक्रममा कोसी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री उषाकला राई र नेपाल राष्ट्रिय शिक्षक संगठन, कोशी प्रदेशका अध्यक्ष महेन्द्रप्रकाश गौतमले दोसल्ला ओढाएर सम्मान–पत्रसहित पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतिष्ठानले जन...
क्यान्सर पीडितको जीवन बचाउका लागि ५ लाख संकलन

क्यान्सर पीडितको जीवन बचाउका लागि ५ लाख संकलन

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज, स्वास्थ्य
खोटाङ, ११ साउन । संखुवासभाको क्यान्सर पीडित एक महिलाको जीवन बचाउका लागि ५ लाखभन्दा बढी सहयोग जुटेको छ । संखुवासभा धर्मदेबी नगरपालिका–५ माम्लिङ निवासी २९ वर्षीय टीका कार्कीको सहयोगार्थ ५ लाख २ हजार ८७ रुपैयाँ संकलन भएको हो । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे माइती घर भएकी टिकाको जीवन रक्षाका लागि हाल कतारमा रहेका अभियान्ता दिलीप श्रेष्ठको पहलमा सहयोग जुटाइएको हो । क्यान्सर पीडित टीकाको सहयोगार्थ गत असार ५ गतेदेखि साउन १० गते अभियान सञ्चालन गरिएको थियो । अभियानका दौरान स्वदेश तथा विदेशमा रहेका २१३ जना दाताबाट सहयोग संकलन गरिएको हो । संकलन भएको रकम बिरामीका बुवा नीरबहादुर खड्काको खातामा जम्मा गरिएको श्रेष्ठले जानकारी दिए । टिका वर्षदिन अघिदेखि पाठेघरको क्यान्सरबाट पीडित छिन् । पीडितको हाल बिर्तामोडस्थित बिएनसी अस्पतालमा उपचार भइरहेको छ । टिकाको उपचारका क्रममा हालसम्म १५ लाख खर्च भइस...
सामुदायीक होमस्टेमा लम्किदै ऐसेलुखर्क

सामुदायीक होमस्टेमा लम्किदै ऐसेलुखर्क

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार, समाज, स्थानीय
खोटाङ, ५ साउन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ऐसेलुखर्कमा सामुदायीक होमस्टे सञ्चालनमा ल्याइएको छ । त्रि–धार्मिकस्थल हलेसी र किरात समुदायको उद्गम थलो तुवाचुङमा आउने दर्शनार्थी एवं पर्यटकलाई लक्ष्यित गर्दै हलेसी चाम्लिङ सामुदायीक होमस्टे सञ्चालनमा ल्याइएको हो । ऐसेलुखर्कका आठ घर सम्मिलित सामुदायीक होमस्टे साउन २ गते हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले उद्घाटन गरेका छन् । हलेसी नजिकै रहेको ऐसेलुखर्कको किरात चाम्लिङ राई वस्तीमा नगरपालिकाकै प्रवद्र्धनमा सामुदायीक होमस्टे सञ्चालनमा ल्याइएको हो । दुई वर्षको प्रयासपछि ऐसेलुखर्कमा सामुदायीक होमस्टे सञ्चालनमा ल्याइएको मेयर राईले बताईन् । होमस्टेका लागि आवश्यक पुर्वाधार तयार गर्न नगरपालिकाको एक करोड खर्च भएको छ । हाललाई ४० जना पाहुनालाई अटाउनेगरी होमस्टे सञ्चालनमा ल्याइएको हो । होटलको तुलनामा सामुदायीक होमस्टेको खाना, खाज...
सेउती खोला आसपासमा बृक्षारोपण

सेउती खोला आसपासमा बृक्षारोपण

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
इटहरी, ३२ असार । इटहरी आसेज वाओले सेउती खोला आसपासमा बृक्षारोपण गरेको छ । इटहरी वर्किङ मिसन अन्तरगत इटहरी आसेज वाओमा आवद्ध युवाले तरहरास्थित सेउती खोला आसपासमा वृक्षारोपण गरेका हुन् । वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्धेश्यले विभिन्न प्रजातीका करिब चार सय विरुवा रोपिएको इटहरी आसेज वाओका सदस्य नविन राना मगरले जानकारी दिए । वृक्षारोपणमा इटहरी उपमहानगरपालिका–१० का वडाध्यक्ष मणिराम श्रेष्ठ र तरहरा सव–डिभिजन वन कार्यालयका अधिकृत विन्देश्वर साह लगायतको उपस्थिति रहेको थियो । अभियानले सेउतीखोला आसपासको खाली ठाउँ हराभरा बन्ने तथा वातावरण संरक्षण र जैविक विविधताको संरक्षणमा योगदान पुग्ने अपेक्षा गरिएको छ । इटहरी आसेज वाओले ‘सेभ द अर्थ फ्रम ए टु जेड’ र ‘वि आर वन फेमिली’ भन्ने नारासहित वातावरणमैत्री अभियान सञ्चालन गर्दैआएको छ । आसेजले आगामी दिनमा पनि वातावरण संरक्षण सम्वन्धी अभियानलाई ...
सुतेकै ठाउँमा बेहोस अवस्थामा भेटिएका कैंदीको मृत्यु

सुतेकै ठाउँमा बेहोस अवस्थामा भेटिएका कैंदीको मृत्यु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ३१ असार । खोटाङमा एक कैंदीको मृत्यु भएको छ । सवारी ज्यान मुद्धामा जिल्ला कारागारमा कैंद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका निसान राईको मृत्यु भएको हो । कारागारका सूचना अधिकारी कपिन्द्र कठायतका अनुसार असार ३० गते बेलुकाको खाना खाएपछि सुतेका राई मध्यराती बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटिएपछि उनलाई राती १.५० बजे अस्पताल पुर्‍याइएको थियो तर अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो । अस्पताल पुर्‍याउँदा कैंदीलाई मृत्यु भइसकेको अवस्थामा पाइएको डा. पुष्कल राईले बताए । (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।) ...
खुकुरी प्रहार गरी हत्यामा संलग्न भएको अभियोगमा थप दुई जना पक्राउ

खुकुरी प्रहार गरी हत्यामा संलग्न भएको अभियोगमा थप दुई जना पक्राउ

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २७ असार । खोटाङमा खुकुरी प्रहार गरी हत्यामा संलग्न भएको अभियोगमा थप दुई जना पक्राउ गरेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा मोहोरियाका ३८ वर्षीय ध्रुब भनिने भक्तबहादुर अधिकारीको हत्यामा संलग्न भएको अभियोगमा सोही ठाउँका ५२ वर्षीय भोटीमायाँ सार्की र २२ वर्षीया सिता सार्की पक्राउ परेका हुन् । आपसी लेनदेनको विषयमा झगडा हुँदा ५७ वर्षीया तिलबहादुर सार्कीले खुकुरी प्रहार गर्दा अधिकारीको असार २५ गते घटनास्थलमै मृत्यु भएको थियो । घटना लगत्तै तिलबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका भोटीमायाँ र सिता तिलबहादुरका श्रीमती र छोरी हुन् । मृतक परिवारले असार २६ गते तिलबहादुरसँगै भोटीमायाँ र सिता विरुद्ध किटानी जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए । भोटीमायाँ र सितालाई थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ । विपन...