कथा-प्रेमको अँगालोमा बाँधिँदा
तीर्थराज भट्टराई (भाषित)
खोटाङ १९ असार । प्रेम सहजतामा फूलझैँ फक्रिन्छ । कहिलेकाहीँ नदीझैँ सललल बग्छ पनि । कसैले धोका दिन खोजे प्रेम कहिल्यै मर्दैन । यदि प्रेम सॅाचो छ भने जीवनको कुनै न कुनै उकाली-ओराली वा मोडमा एकपटक अवश्य जम्काभेट हुन्छ नै । प्रेम गर्ने बाटो र तरिका फरक हुन सक्छ तर साँचो प्रेमको आत्मीय मिलन अवश्य हुन्छ यो शाश्वत सत्य हो ।
मानिसको जीवनमा केही यस्ता प्रेम हुन्छन् जो समयसँगै रूप बदल्छन् । भाव र मोडहरू बद्लिन्छन् । ती प्रेमहरू न विवाहमा टुङ्गिन्छन् न पूर्ण रूपमा बिर्सन सकिन्छ । केवल सम्झनाको रूप लिन्छन् र जीवनभर मनको कुनै अज्ञात कुनामा जिवन्त रहन्छन् । मेरो जीवनको व्यथा पनि त्यही मौन प्रेमको वरिपरि घुमिरहेको दुखान्त कथा जस्तै छ । बाल्यकालमा अंकुरित प्रेम समाजको विभेदले निर्दयी ढंगबाट मोडियो । जीवनका अनेकौं संघर्षले हामीलाई विछोड गरायो । तर बुढेसकालमा पुनः मिलन भएर समयले त्...







