राहत कोषमा सहयोग जम्मा गर्ने कांग्रेस खोटाङ–काठमाडौं सम्पर्क समितिको निर्णय
खोटाङ, १३ भदौ । नेपाली कांग्रेस खोटाङ–काठमाडौं सम्पर्क समितिले प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा गर्ने निर्णय गरेको छ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले पुर्याएको अकल्पनीय जनधनको क्षतीलाई मध्यनजर गर्दै कांग्रेसको सम्पर्क समितिले राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो । सम्पर्क समितिका पुर्वअध्यक्ष काशीनाथ आचार्यको अध्यक्षतामा भदौ १३ गते बानेश्वरमा बसेको बैठकले महाविपत्तीको सामना गर्नका लागि राहत कोषमा रकम जम्मा गरेर हातेमालो गर्ने निर्णय गरेको हो । संकलन भएको रकम केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको कांग्रेस खोटाङ प्रदेश (क) का क्षेत्रीय सचिव राजन भट्टराईले जानकारी दिए ।
बैठकमा राहत कोषमा रकम जम्मा गर्नका लागि कांग्रेस जिल्ला कार्य समिति, क्षेत्रीय समिति, गाउँ कार्य समिति तथा भातृ संगठनलाई अनुरोध गर्ने, बाढीका कारण रसुवा लगायतका ...









