तावाभञ्ज्याङमा प्रथम मुन्दुम ट्रेल अल्ट्रा रेस
खोटाङ, २२ चैत । पुर्वमा चर्चित मुन्दुम ट्रेलको प्रस्थानविन्दु तावाभञ्ज्याङमा प्रथम मुन्दुम ट्रेल अल्ट्रा रेस आयोजना गरिएको छ । भोजपुरको आमचोक, हतुवागढी र रामप्रसाद राई गाउँपालिकाको आयोजना तथा खोटाङको साकेला गाउँपालिकाको व्यवस्थापनमा ६० किलोमिटर र ४५ किलोमिटर दुरीको महिला तथा पुरुष मुन्दुम ट्रेल अल्ट्रा रेस आयोजना गरिएको हो ।
पुरुषतर्फको ६० किलोमिटर दुरीको अल्ट्रा रेसमा ओखलढुंगाका विनोद थापा मगरले प्रथम, सोलुखुम्बुका अर्जुन कुलुङले दोश्रो र मिलन कुलुङले तेश्रो स्थान प्राप्त गरेका छन् । यस्तै, महिला ६० किलोमिटर दुरीको अल्ट्रा रेसमा खोटाङका निर्मला राईले प्रथम, रोल्पाकी आश्मा विकले दोश्रो र सोलुखुम्बुकी आङफुर्वा शेर्पाले तेश्रो स्थान प्राप्त गरेकी छन् ।
४५ किलोमिटर दुरीको खुल्ला पुरुषतर्फ काठमाडौंका अमित गुरुङ प्रथम, ताप्लेजुङका रमेश लिम्बु दोश्रो र भोजपुरका उमेश राई तेस्रो भएका छन् । महिला...








