स्थानीय

उपचारमा छुट दिलाउन जन्तेढुंगा र दुई अस्पतालबीच सम्झौता

उपचारमा छुट दिलाउन जन्तेढुंगा र दुई अस्पतालबीच सम्झौता

ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय, स्वास्थ्य
खोटाङ, २९ साउन । नागरिकलाई सहुलियतमा उपचार दिलाउनका लागि खोटाङको जन्तेढुंगा गाउँपालिकाले दुई अस्पतालसँग सम्झौता गरेको छ । बिरामी परेका आफ्नो नागरिकलाई सहुलियतमा स्वास्थ्य सेवा प्रदानका लागि गाउँपालिकाले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेज टिचिङ अस्पताल, बिराटनगरसँग सम्झौता गरेको हो । गाउँपालिकाभित्रका बिरामीलाई सहुलियतमा उपचार सेवा उपलव्ध गराउनका लागि साउन २६ गते एक वर्षका लागि दुई अस्पतालसँग सम्झौता गरिएको जन्तेढुंगा गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताए । (विस्तृत समाचार Views Of Nepal को पेजमा प्रकाशित छ ।) ...
विद्यालयलाई पहिरोबाट जोगाउन रिटेनिङ वाल निर्माण सुरु

विद्यालयलाई पहिरोबाट जोगाउन रिटेनिङ वाल निर्माण सुरु

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार, स्थानीय
खोटाङ, १७ साउन । खोटाङको साकेला गाउँपालिकाले विद्यालयलाई पहिरोबाट जोगाउन श्रमदानबाट रिटेनिङ वाल निर्माण सुरु गरेको छ । पहिरोको जोखिममा परेको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सरस्वती आधारभुत विद्यालयको भवन संरक्षणकालागि रिटेनिङ वाल निर्माण सुरु गरिएको हो । गाउँपालिकाले सञ्चालन गरिरहेको ‘साकेला श्रम अभियान’ अन्तर्गत विद्यालयको रिटेनिङ वाल निर्माण कार्य सुरु गरिएको साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए । वर्षाका कारण विद्यालयको पेटीमुनिबाट पहिरो गएपछि जोखिममुक्त बनाउन रिटेनिङ वाल हाल्न सुरु गरिएको हो । वडाध्यक्ष हेमन राईको संयोजन तथा गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा जनप्रतिनिधि, शिक्षक, अभिभावक र स्थानीयवासीले वाल निर्माणमा श्रमदान गरिरहेका छन् । विद्यालयका लागि पहिलो दिन ७० जनाले श्रमदान गरेका छन् । रिटेनिङ वालका लागि आवश्यक ढुंगा, गिटी र बालुवा स्थानीयले व्यवस्थापन गरेको...
सामुदायीक होमस्टेमा लम्किदै ऐसेलुखर्क

सामुदायीक होमस्टेमा लम्किदै ऐसेलुखर्क

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार, समाज, स्थानीय
खोटाङ, ५ साउन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ऐसेलुखर्कमा सामुदायीक होमस्टे सञ्चालनमा ल्याइएको छ । त्रि–धार्मिकस्थल हलेसी र किरात समुदायको उद्गम थलो तुवाचुङमा आउने दर्शनार्थी एवं पर्यटकलाई लक्ष्यित गर्दै हलेसी चाम्लिङ सामुदायीक होमस्टे सञ्चालनमा ल्याइएको हो । ऐसेलुखर्कका आठ घर सम्मिलित सामुदायीक होमस्टे साउन २ गते हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले उद्घाटन गरेका छन् । हलेसी नजिकै रहेको ऐसेलुखर्कको किरात चाम्लिङ राई वस्तीमा नगरपालिकाकै प्रवद्र्धनमा सामुदायीक होमस्टे सञ्चालनमा ल्याइएको हो । दुई वर्षको प्रयासपछि ऐसेलुखर्कमा सामुदायीक होमस्टे सञ्चालनमा ल्याइएको मेयर राईले बताईन् । होमस्टेका लागि आवश्यक पुर्वाधार तयार गर्न नगरपालिकाको एक करोड खर्च भएको छ । हाललाई ४० जना पाहुनालाई अटाउनेगरी होमस्टे सञ्चालनमा ल्याइएको हो । होटलको तुलनामा सामुदायीक होमस्टेको खाना, खाज...
गाउँपालिकाले फलायो तीन हजार केजी आलु

गाउँपालिकाले फलायो तीन हजार केजी आलु

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय
खोटाङ, १ साउन । खोटाङको जन्तेढुंगा गाउँपालिकाले तीन हजार केजी आलु फलाएको छ । आलु खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत गाउँपालिकाले अनुमानित तीन हजारदेखि ३५ सय केजी आलु फलाएको हो । आलु खेतीको प्रवद्र्धनका लागि जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा आलुखेती लगाइएको थियो । उत्पादित आलुलाई भण्डारण गरेर विक्रीवितरणको व्यवस्था मिलाइएको गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए । गाउँपालिकाले चिसापानीमा सञ्चालन गरेको कोसेली घरमा भण्डारण गरिएको आलु प्रतिकेजी ६० रुपैयाँका दरले बिक्री सुरु गरिएको छ । हालसम्म ९५० केजी आलु बिक्री भइसकेको गाउँपालिकाका प्राविधिक सहायक तोशल भट्टराईले बताए । आलु बिक्रीबाट आएको आम्दानीलाई गाउँपालिकाले आन्तरिक श्रोतमा जम्मा गर्ने व्यवस्था मिलाएको छ ।...
साकेलामा बसाइ सरेर आउनेले पाँच हजार पाउने !

साकेलामा बसाइ सरेर आउनेले पाँच हजार पाउने !

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार, समाज, स्थानीय
खोटाङ, ११ असार । खोटाङको साकेला गाउँपालिकाले अन्य स्थानबाट बसाइ सरी आउने परिवारलाई प्रोत्साहन रकम दिने नीति तथा कार्यक्रम ल्याएको छ । बढ्दो बसाई सराईका कारण जनसंख्या घटिरहेको तथ्यलाई मनन गर्दै गाउँपालिकाले अन्य स्थानबाट बसाई सरेर आउने परिवारलाई प्रोत्साहन तथा सम्मान गर्ने नीति तथा कार्यक्रम पास गरेको हो । असार १० गतेको गाउँसभामा गाउँपालिका उपाध्यक्ष बिर्सीका राईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बसाइ सरेर आउने परिवारलाई प्रोत्साहन स्वरुप पाँच हजार दिने उल्लेख छ । गाउँपालिकाको जनसंख्या सन्तुलन कायम राख्नका लागि बसाइ सरेर आउने परिवारलाई घट्ना दर्ता पश्चात वडा कार्यालयको सिफारिसमा प्रोत्साहन रकम प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । साकेला गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ देखि नै बसाइ सरी आउने परिवारलाई प्रोत्साहन रकम दिने नीति तथा कार्यक्रम लागू गरेको हो । तिब्र बसाइ सराई गाउँपा...
बाँदर धपाउने ‘बाली हेरालु’ राख्न ४५ लाख बिनियोजन

बाँदर धपाउने ‘बाली हेरालु’ राख्न ४५ लाख बिनियोजन

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार, समाज, स्थानीय
खोटाङ, ९ असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउने हेरालु राख्नका लागि बजेट बिनियोजन गरेको छ । बाँदरको आतंकबाट पीडित किसानलाई राहत दिलाउने लक्ष्यका साथ नगरपालिकाले बाली हेरालु परिचालनका लागि बजेट बिनियोजन गरेको हो । असार ९ गते सम्पन्न नगरसभामा उपमेयर बिसन राईले बार्षिक बजेट तथा कार्यक्रममार्फत बाँदर लगायतका हानिकारक वन्यजन्तुबाट कृषि बालिमा हुने क्षति न्यूनिकरणका लागि ४५ लाख विनियोजन गरेको जानकारी दिए । नगरसभामा मेयर तीर्थराज भट्टराईले बाँदरको समस्यलाई निराकरण गर्नका लागि बाली हेरालु राख्ने निती तथा कार्यक्रम प्रस्तुत गरे लगत्तै उपमेयर राईले सोका लागि बजेट विनियोजन गरेको जानकारी दिएका हुन् । बाँदरको समस्यलाई हल गर्नका लागि संघीय सरकार एवं छिमेकी पालिकाहरुसँगको समन्वयमा अल्पकालिन र दीर्घकालिन योजना बनाउने बार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ । बाँदरबाट आजित किसानले...
प्रशासकीय भवन निर्माणका क्रममा मापदण्ड विपरितको इँटा प्रयोग

प्रशासकीय भवन निर्माणका क्रममा मापदण्ड विपरितको इँटा प्रयोग

ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय
खोटाङ, १६ बैसाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा मापदण्ड विपरितको इँटा प्रयोग भएको पाइएको छ । नगरपालिकाको प्रशासकीय भवन निर्माणको ठेक्का लिएको आकाश निर्माण सेवा सिन्धुपाल्चोकले मापदण्ड विपरितको इँटा प्रयोग गरेको पाइएको हो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको कोटगैरामा निर्माणाधिन भवनको पर्खालमा सम्झौता विपरितको इँटा प्रयोग भएको पाइएको मेयर बिमला राईले बताईन् । भवनको भुइँ तला र दोश्रो तलाको कोठा पार्टेशन वालमा १ नम्बरको इँटा लगाउनुपर्नेमा ‘छलछाम’ गरेर २ नम्बरको इँटा मिसाएर पाटेशन वाल बनाएको पाइएको हो । २ नम्बर इँटा प्रयोग गरेर बनाइएका ८३२ स्क्वायर फिट पार्टेशन वाल बैसाख १५ गते भत्काएर पुःन १ नम्बरको इँटा प्रयोग गरेर पर्खाल बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ । (भिडियो समाचार Views Of Nepal को पेजमा हेर्न सक्नुहुनेछ ।) ...
बायो–रेडपाण्डा थार सम्मेलनः सात बुँदे दिक्तेल घोषणा–पत्र जारी

बायो–रेडपाण्डा थार सम्मेलनः सात बुँदे दिक्तेल घोषणा–पत्र जारी

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज, स्थानीय
खोटाङ, ६ बैसाख । खोटाङको दिक्तेलमा आयोजना गरिएको बायो–रेथा (रेडपाण्डा थार) अन्तर्राष्ट्रिय सम्मेलनले जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राखेर सात बुँदे घोषणा–पत्र जारी गरेको छ । नेपाल सहित भारत, बंगलादेश, अष्ट्रेलिया, जर्मन र अमेरिकामा जैविक विविधता तथा पर्यावरणको क्षेत्रमा काम गरिरहेका विज्ञहरुको सहभागीता रहेको सम्मेलनले परम्परागत अभ्यास, वैज्ञानिक ज्ञान र अन्तर्राष्ट्रिय अनुभवलाई एकीकृत गर्दै जैविक विविधता संरक्षणका सवालमा दिक्तेल घोषणा–पत्र जारी गरेको हो । बैसाख ३ गतेदेखि बैसाख ६ गतेसम्म सञ्चालन भएको सम्मेलनले प्रकृतिमा आधारित जीविकोपार्जन एवं रोजगारी सृजना, दिगो विकास तथा पर्यापर्यटन प्रवद्र्धन, मानव–वन्यजन्तु द्वन्द्र व्यवस्थापन, स्थानीय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्ने प्रतिबद्धता सहित घोषणा–पत्र जारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले ब...
विहे भोज खाएको निहुमा फैलिएको महामारी पूर्णरुपमा नियन्त्रणमा

विहे भोज खाएको निहुमा फैलिएको महामारी पूर्णरुपमा नियन्त्रणमा

ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय, स्वास्थ्य
खोटाङ, २८ माघ । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा विहे भोज खाएको निहुमा फैलिएको महामारी नियन्त्रणमा आएको छ । माघ २१ गतेको विवाह भोज खाएपछि बिरामी परेका सबै स्थानीय निको भएका छन् । विवाह भोज खाएकामध्ये बेहुला–बेहलीसहित १७३ जना स्थानीय विरामी परेका थिए । स्वास्थ्यमा समस्या आएपछि उपचारमा राखिएकाकामध्ये बाँकी रहेका चार जना बिरामी निको भएर माघ २७ गते दिउँसो घर फर्किएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष अरुणादेबी राईले बताईन् । उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचारमा राखिएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईले विज्ञाप्ती जारी गर्दै हाल कुनै पनि बिरामीको स्वास्थ्यमा जटिल समस्या नदेखिएको र नमूना परिक्षणबाट कुनै संक्रमण नदेखिएको जानकारी दिएका छन् । विवाह भोज खाएका स्थानीय माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् । भोज खाएको करिव १२ घण्टापछि ज्वरो ...
शिक्षकलाई स्थानीय भत्ता दिने हलेसी तुवाचुङको निर्णय

शिक्षकलाई स्थानीय भत्ता दिने हलेसी तुवाचुङको निर्णय

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार, स्थानीय
खोटाङ, २० मंसिर । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकलाई स्थानीय भत्ता दिने निर्णय गरेको छ । शिक्षक तथा कर्मचारीको लागि नेपाल सरकारको कार्यक्रम कार्यान्वयन कार्यविधि पुस्तिका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षदेखि शिक्षकलाई स्थानीय भत्ता दिने निर्णय गरेको हो । मंसिर २० गतेको कार्यपालिका बैठकबाट स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी/करार र प्राविधिक धारमा कार्यरत प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई स्थानीय भत्ता दिने निर्णय गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन् । (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।) ...