शिक्षा

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाजको अध्यक्षमा ढकाल

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाजको अध्यक्षमा ढकाल

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, २१ भदौ । खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको अध्यक्षमा राजनप्रसाद ढकाल चयन भएका छन् । भदौ २० गते काठमाडौंमा सम्पन्न पहिलो साधारणभाले ढकालको अध्यक्षतामा १७ सदस्यीय सिम्पानी स्कुल पूर्व विद्यार्थी समाजको नयाँ नेतृत्व चयन गरेको हो । समाजको वरिष्ठ उपाध्यक्षमा दैवलाल गिरी, उपाध्यक्षमा मीना राई, महा–सचिवमा लोकनाथ घिमिरे, सचिवमा राकेश खड्का र कोषाध्यक्षमा बच्चुराम भट्टराई चयन भएका छन् । सदस्यहरुमा सकुन खड्का, भरतप्रसाद घिमिरे, शिरोज घिमिरे, जानुका पोखरेल, सुवास खड्का, सुमन खतिवडा, कमला केसी, रविन खडका, रविना राया र दिलकुमारी प्रधान चयन भएका छन् । समाजको साधारणसभा पुर्वप्रधानाध्यापक गणेशप्रसाद अधिकारीले उद्घाटन गरेका थिए । शैक्षिक उन्नयनका लागि बिक्रम संवत १९९० सालदेखि शैक्षिक गतिविधि सुरु गरिएको सिमपानी स्कुलमा २००६ सालदेखि औपचारिक रुपमा...
शिक्षक तामाङलाई ५५ हजार ५५५ राशीको उत्कष्ट शिक्षक पुरस्कार

शिक्षक तामाङलाई ५५ हजार ५५५ राशीको उत्कष्ट शिक्षक पुरस्कार

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार, समाज
खोटाङ, ५ भदौ । शुभशेर राई स्मृति प्रतिष्ठान खोटाङले शिक्षक इन्द्रकुमार तामाङलाई उत्कष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका स्वर्गीय शिक्षक शुभशेर राईको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले शिक्षक तामाङलाई ५५ हजार ५५५ रुपैयाँ राशीको शुभशेर राई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको हो । बार्षिक रुपमा जिल्लाका एक जना उत्कृष्ट शिक्षकलाई छनौट गरेर प्रदान गरिने पुरस्कार यस वर्ष साकेला गाउँपालिका–२ रतन्छास्थित साकेला माविमा कार्यरत तामाङलाई प्रदान गरिएको हो । स्वर्गीय शिक्षकको पाँचौं वार्षिक पुण्यतिथिको अवसरमा भदौ ५ गते दिक्तेलमा आयोजित कार्यक्रममा कोसी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री उषाकला राई र नेपाल राष्ट्रिय शिक्षक संगठन, कोशी प्रदेशका अध्यक्ष महेन्द्रप्रकाश गौतमले दोसल्ला ओढाएर सम्मान–पत्रसहित पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतिष्ठानले जन...
विद्यालयलाई पहिरोबाट जोगाउन रिटेनिङ वाल निर्माण सुरु

विद्यालयलाई पहिरोबाट जोगाउन रिटेनिङ वाल निर्माण सुरु

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार, स्थानीय
खोटाङ, १७ साउन । खोटाङको साकेला गाउँपालिकाले विद्यालयलाई पहिरोबाट जोगाउन श्रमदानबाट रिटेनिङ वाल निर्माण सुरु गरेको छ । पहिरोको जोखिममा परेको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सरस्वती आधारभुत विद्यालयको भवन संरक्षणकालागि रिटेनिङ वाल निर्माण सुरु गरिएको हो । गाउँपालिकाले सञ्चालन गरिरहेको ‘साकेला श्रम अभियान’ अन्तर्गत विद्यालयको रिटेनिङ वाल निर्माण कार्य सुरु गरिएको साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए । वर्षाका कारण विद्यालयको पेटीमुनिबाट पहिरो गएपछि जोखिममुक्त बनाउन रिटेनिङ वाल हाल्न सुरु गरिएको हो । वडाध्यक्ष हेमन राईको संयोजन तथा गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा जनप्रतिनिधि, शिक्षक, अभिभावक र स्थानीयवासीले वाल निर्माणमा श्रमदान गरिरहेका छन् । विद्यालयका लागि पहिलो दिन ७० जनाले श्रमदान गरेका छन् । रिटेनिङ वालका लागि आवश्यक ढुंगा, गिटी र बालुवा स्थानीयले व्यवस्थापन गरेको...
परिक्षार्थी दुई जना, उत्तरपुस्तिका तीन थान !

परिक्षार्थी दुई जना, उत्तरपुस्तिका तीन थान !

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, २७ बैसाख । खोटाङमा शिक्षक छनौटका लागि सञ्चालन गरिएको परीक्षा विवादका कारण अनिर्णीत बनेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित राम्चे निकेतन मावि, इजाराको बाली विज्ञान सहायक प्रशिक्षक छनौट परीक्षा विवादका कारण भाँडिएको हो । विद्यालयका लागि एक जना आइएससी एजी शिक्षक छनौटका लागि बैसाख २४ गते गाउँपालिकाको कार्यालयमा परीक्षा सञ्चालन गरिएको थियो । परीक्षामा दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक जना र जन्तेढुंगा गाउँपालिकाका एक जना परिक्षार्थी सहभागी भएका थिए तर नतिजा प्रकाशन अगावै परीक्षा विवादित बनेको हो । दुई जना परीक्षार्थी सहभागी भएको परीक्षामा तीन वटा उत्तर पुस्तिका भेटिएकाले परीक्षामा विवाद निस्किएको परीक्षा सञ्चालन समितिका संयोजक एबं विव्यास अध्यक्ष मेघराज दंगालले बताए । दंगालका अनुसार पहिलो पेपरको परीक्षा सकिएपछि उत्तरपुस्तिका संकलन गरेर गाउँपालिकाको शिक्षा शाखालाई बुझाइएको थ...
खोटेहाङमा कक्षा १२ को परीक्षामा नौ परिक्षार्थी अनुपस्थित

खोटेहाङमा कक्षा १२ को परीक्षामा नौ परिक्षार्थी अनुपस्थित

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, १४ बैसाख । खोटाङको खोटेहाङ गाउँपालिकामा सञ्चालित कक्षा १२ को परीक्षामा नौ परिक्षार्थी अनुपस्थित भएका छन् । बैसाख १४ गतेदेखि सुरु भएको परिक्षामा ४ छात्रा र ५ छात्र अनुपस्थित भएका हुन् । भगवती दिनानाथ मावि, खोटाङबजार परीक्षा केन्द्रबाट १४६ छात्रामध्ये १४२ र ७९ छात्रमध्ये ७४ छात्र मात्रै सहभागी भएको गाउँपालिकाका विद्यालय श्रोत निरिक्षक मानबहादुर पौडेलले जानकारी दिए । कक्षा १२ को परीक्षा अन्तरगत पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको छ । परीक्षा मर्यादित, अनुशासित, शान्त र भयरहित वातावरणमा सञ्चालन भइरहेको गाउँपालिकाका विद्यालय श्रोत निरिक्षक पौडेलले बताए । भगवती दिनानाथ मावि केन्द्रबाट खोटेहाङ, जन्तेढुंगा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ६ वटा माविका परीक्षार्थीले परिक्षा दिइरहेका छन् । खोटेहाङ गाउँपालिकाको सिमपानी मावि र सावाकाली मावि, जन्तेढुंगा गाउँपालिकाको चिसापानी मावि तथा दिप्रुङ...
बाकाचोलमा विद्यालय सुशासन सम्वन्धी क्षमता अभिवृद्धि तालिम

बाकाचोलमा विद्यालय सुशासन सम्वन्धी क्षमता अभिवृद्धि तालिम

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, ३० चैत । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा विद्यालय सुशासन सम्वन्धी क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । इको हिमालमार्फत बालबालिकाहरूको लागि समतामूलक र गुणस्तरीय सिकाई परियोजना सञ्चालन भइरहेको क्षेत्रका विद्यालयका व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई लक्षित गर्दै विद्यालय सुशासन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरु गरिएको हो । बैसाख ३ गतेसम्म सञ्चालन हुने विद्यालय सुशासन सम्वन्धी क्षमता अभिवृद्धि तालिम चैत ३० गते कालिका माविका विव्यास अध्यक्ष बीरसिंह सुनारको अध्यक्षता तथा बाकाचोलका वडाध्यक्ष नन्दकुमार तामाङको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ । विद्यालय सुधार योजना, सामाजिक लेखा परिक्षण र गुणस्तरिय शिक्षा सम्वन्धी जानकारी दिने लक्ष्यका तालिम आयोजना गरिएको इको हिमालको कृषि अधिकृत अभिमन्यु अधिकारीले जानकारी दिए । इको हिमालले को–अपरेड नामक अन्तर्राष्ट्रिय संस्थाको आर्थिक ...
भ्रष्टाचार मुद्धामा तत्कालिन दुई जिल्ला शिक्षा अधिकारी सहित ६ जनालाई सफाइ

भ्रष्टाचार मुद्धामा तत्कालिन दुई जिल्ला शिक्षा अधिकारी सहित ६ जनालाई सफाइ

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, १० चैत । भ्रष्टाचार मुद्धामा मुछिएका खोटाङका तत्कालिन दुई जिल्ला शिक्षा अधिकारी सहित ६ जनाले विशेष अदालतबाट सफाइ पाएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित जनता माविको भवन निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्धा दायर गरिएका तत्कालिन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं र गणेशप्रसाद भट्टराई, तत्कालिन जिल्ला शिक्षा कार्यालयका लेखा अधिकृत भुवनप्रसाद आचार्य, तत्कालिन लेखापाल सुरेशकुमार श्रेष्ठ, तत्कालिन विव्यास अध्यक्ष चर्चबहादुर विश्वकर्मा र बबेन्द्र राईले सफाइ पाएका हुन् । जनता माविको चार कोठे भवन निर्माणका क्रममा साँढे ३० लाख अनियमितता गरेको भन्दै अख्तियारले गत असोज २६ गते वडाध्यक्ष राई सहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको थियो । (विस्तृत भिडियो समाचार Views Of Nepal TV पेजमा प्रकाशित छ ।) ...
६ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

६ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २७ माघ । कनककुमारी स्मृति प्रतिष्ठानले खोटाङको रावाबेँसी गाउँपालिकाका ६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाकी स्वर्गीय कनककुमारी पोखरेल र छोरा डोरमणी पोखरेलको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले गाउँपालिकाको ६ वडाका एक/एक जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई ‘कनकुमारी पोखरेल उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेबिका’ सम्मान प्रदान गरेको हो । दुर्गम ठाउँका सर्वसाधारणको स्वास्थ्य सेवामा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै प्रतिष्ठानले महिला स्वास्थ्य स्वयंसेविका सम्झना थापा मगर, इन्द्र परियार, लङ्कमायाँ मगर, शिवकुमारी पाण्डे, प्रमिला थापा मगर र निर्मला श्रेष्ठलाई सम्मान गरेको छ । माघ २६ गते शारदा मावि, खार्पामा आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई जनही सात हजार सहित सम्मान–पत्र प्रदान गरिएको छ । आर्थिक त...
सरस्वती मावि दिक्तेललाई पुर्वविद्यार्थीले दियो सरस्वतीको मुर्ती

सरस्वती मावि दिक्तेललाई पुर्वविद्यार्थीले दियो सरस्वतीको मुर्ती

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, २५ माघ । खोटाङको दिक्तेलस्थित सरस्वती माविलाई एक पुर्वविद्यार्थीले सरस्वतीको मुर्ती प्रदान गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा निगाले निवासी पुर्वविद्यार्थी लक्ष्मण थापाले सरस्वती माविलाई सरस्वतीको धातुको मुर्ती प्रदान गरेका हुन् । माघ २५ गते विद्यालयमा आयोजित कार्यक्रममा पुर्वविद्यार्थी थापाले विद्यालयलाई सरस्वतीको एक थान मुर्ती हस्तान्तरण गरेका हुन् । सरस्वतीको मुर्ती हस्तान्तरण कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, विव्यास अध्यक्ष इन्दिरा बस्नेत, प्रधानाध्यपक शिवहरी ढकाल, विव्यास सदस्य लगायतको उपस्थिति रहेको थियो । सरस्वतीको मुर्ती प्रदान गर्ने थापा २०४९ सालको एसएलसी ‘व्याच’का विद्यार्थी हुन् । हाल बिराटनगर बस्दैआएका थापाले विद्यालयको प्रगतीको कामना सहित सरस्वतीको मुर्ती प्रदान गरेको बताएका छन् । थापा सरस्वती माविको ...
शिक्षकलाई स्थानीय भत्ता दिने हलेसी तुवाचुङको निर्णय

शिक्षकलाई स्थानीय भत्ता दिने हलेसी तुवाचुङको निर्णय

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार, स्थानीय
खोटाङ, २० मंसिर । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकलाई स्थानीय भत्ता दिने निर्णय गरेको छ । शिक्षक तथा कर्मचारीको लागि नेपाल सरकारको कार्यक्रम कार्यान्वयन कार्यविधि पुस्तिका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षदेखि शिक्षकलाई स्थानीय भत्ता दिने निर्णय गरेको हो । मंसिर २० गतेको कार्यपालिका बैठकबाट स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी/करार र प्राविधिक धारमा कार्यरत प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई स्थानीय भत्ता दिने निर्णय गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन् । (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।) ...