हैदरावादमा ज्यान गुमाएका तिलकको घरबाट खर्च पठाएर दाहसंस्कार
खोटाङ, १४ चैत । पैसा कमाउनका लागि भारतको हैदरावाद पुगेकाबेला गाडीको ठक्करबाट ज्यान गुमाएका खोटाङका एक युवाको घरबाट खर्च पठाएर दाहसंस्कार गरिएको छ । रोजगारी खोज्दै हैदरावाद पुगेकाबेला गाडीको ठक्करबाट ज्यान गुमाएका खोटेहाङ गाउँपालिका–७ खोटाङबजार भँडारेका २५ वर्षीय तिलक परियारको हैदरावादमै दाहसंस्कार गरिएको हो ।
रोजगारीका लागि हैदरावाद पुगेको हप्ता दिन नवित्दै गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका परियारको चैत ११ गते मृत्यु भएको थियो । घरबाट दुई पटकगरि २८ हजार खर्च पठाएपछि परियारको विद्युतीय शवगृहमा दाहसंस्कार गरिएको स्थानीय अगुवा अमरसिं बस्नेतले बताए । हैदरावादमै रहेका आफन्तहरु भेला भएर १६ हजार भारतीय रुपैयाँ खर्च गरेर परियारको दाहसंस्कार गरेका हुन् ।
चैत ५ गते हैदरावाद पुगेका तिलक चैत ६ गते गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए । गान्धी अस्पताल, सेकन्दरावादमा उपचारका क्रममा तिलकको मृत्यु भ...









