पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोग बढाउन जोड
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
ललितपुर, १२ भदौ । ललितपुर महानगरपालिकाका महिला जनप्रतिनिधिहरुले महिला स्वास्थ्य र वातावरण स्वास्थ्यलाई ध्यानमा राखेर पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन् । एक्सपोज नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने जनप्रतिनिधिले केमिकलयुक्त प्याडको सट्टा पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड प्रयोग गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै महानगरकी उपप्रमुख मञ्जिला शाक्य बज्राचार्यले पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने उद्योग को प्रवर्द्धन गरी त्यसको प्रयोग बढाउनुपर्ने बताउनुभयो । उहाँले महानगरपालिकाले यस्तो प्याड बनाउने तालिम प्रदान गरी महानगरभित्रै उत्पादन बढाइ देशबाहिरबाट हुने केमिकलयुक्त प्याडको आयात रोक्न सकिने बताउनुभयो । उहाँले यसका लागि ललितपुर महानगरपालिकाले योजना नै बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महिनावारी...
