बैंकिङ कसूर तथा सजाय ऐन लाई संशोधन गर्ने विधेयक माथि अर्थसमितिमा छलफल
काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आजको बैठकमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि परेका संशोधन प्रस्तावमाथि छलफल भएको छ ।
उक्त विधेयकमाथि २० वटा संशोधन प्रस्ताव परेका छन् । सांसदहरु ज्ञानबहादुर शाही, ध्रुवबहादुर प्रधान, डा तोसिमा कार्की, रोशन कार्की, बिमला सुवेदी, दुर्गा राई, भगवती चौधरी, ठाकुरप्रसाद गैरे, दामोदर पौडेल बैरागीलगायतले संशोधन प्रस्ताव राख्नुभएको छ ।
त्यस्तै चन्द्रबहादुर विश्वकर्मा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, सुनिलकुमार शर्मा, पदम गिरी, महेशकुमार बतौला, सोविता गौतम, प्रेम सुवालको पनि संशोधन प्रस्ताव परेको छ । सांसदहरु सुशीला थिङ र रमा कोइराला पौडयाल तथा विद्या भट्टराई, ईश्वरी घर्ती, सरिता भुसाल, सरस्वती सुब्बा र दीपा शर्माले संयुक्त रुपमा संशोधन प्रस्ताव हाल्नुभएको छ ।
अर्थ समितिको आजको बैठकमा सांसदहरु दुर्गा राई, श्यामकुमार घ...



