नेपाली कांग्रेसको समानुपातिकको अन्तिम बन्दसूचीमा उदयपुरबाट एक जनाको नाम पनि परेन ।
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा उदयपुरबाट एक जनाको नाम पनि समाबेश गरिएको छैन । नेपाली कांग्रेस उदयपुरको भदौं १८ गते सम्पन्न जिल्ला समितिको बैठकले संघ र प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी ११८ जनको नाम सिफारिस गरेको थियो भने संघतर्फ समानुपातिकका लागि झण्डै २ दर्जन नेताहरुको नाम सिफारिस गरेर पठाएको थियो ।
बैठकले उदयपुर क्षेत्र नम्बर १ बाट समानुपातिक तर्फ सत्यनारायण चौधरी, लिलाकुमारी राई, बिरेन्द्रकुमार बस्नेत, बेचुदास चौधरी, हिरालाल ठाकुर, कलावती चौधरी, सरस्वती महतरा, सत्यनारायण झा, हिरामान मोते र मोहमद इलियास मियाँको नाम सिफारिस गरेको थियोे । यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट समानुपातिक तर्फ अर्जुनकुमार खड्का, आङपाल्दे शेर्पा, नारायण बहादुर कार्की, निर्मला न्यौपाने, पार्वती राई, पदमराज कार्की, शिवकुमार कटुवाल, हरि बहादुर खड्का, हेर...
