अरिंगालले टोक्दा घाइते युवकको मृत्यु
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
तनहुँमा अरिंगालको टोकाइबाट एक युवकको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका-५ छाङपाटनका ३१ वर्षीय टोप बहादुर कुमालको उपचारका क्रममा शनिबार विहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार छाङपाटनस्थित सेती नदी किनारमा सिसौको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो ।
उनको तत्काल भिमादस्थित शुभलक्ष्मी पोलिक्लिनिकमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखराको गण्डकी अस्पताल पठाइएको थियो ।
तर उपचारका क्रममा शनिबार विहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।...
