नारदमुनी थुलुङ स्मृति गोल्डकपमा चार तारे कलब मोरङ फाइनलमा
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगितामा चारतारे क्लव मोरङ फाइनल प्रवेश गरेको छ । चौदण्डीगढी नगरपालिका ४ बसाहामा जारी फुटबल प्रतियोगितामा बिहीवार भएको खेलमा चर्च ब्वाइज क्लव काठमाडौलाई पराजित गर्दै चारतारे क्लब फाइनल प्रवेश गरेको हो । खेलको निर्धारित समयमा दुबै पक्ष् ले एक एक गोलको बराबरी गरेका थिए जस्मा खेलको पहिलो हाल्फको १७औं मिनेटमा चारतारे क्लब मोरङका अभिषेक लिम्बुले गोल गर्दै आफ्नो टिमलाई सरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको पहिलो हाफकै ३४औं मिनेटमा चर्च ब्वाइज क्लव काठमाडौका आशिष चौधरीले गोल गर्दै खेल लाई बराबरीमा ल्याएका थिए ।
निर्धारित समयमा दुबै टोलिबाट एक एक गोलको बराबरी खेलेसंगै खेल ट्राइबेकरमा गएको हो । ट्राइब्रेकारमा चर्च ब्वाइज क्लव काठमाडौ लाई ३–१ गोल अन्तरले पराजित गर्दै चारतारे क्लब मोरङ बिजयी भएर फाइनलमा प्रबेश गरेको छ ।
...
