ग्राण्डी अस्पतालको अध्यक्षमा पुन दीपक कुँवर निर्वाचित
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालक समितिको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर पुनः निर्वाचित हुनुभएको छ ।
ग्राण्डी अस्पतालको १० औँ साधारणसभाबाट निर्वाचित सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले कुँवरलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको हो । इञ्जिनियर कुँवर स्थापनाकालदेखि नै ग्राण्डीको अध्यक्ष हुनुहुन्छ ।
यस्तै ग्राण्डीको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर विजयराज भण्डारी, सुनिलराम वैद्य, मीरा अधिकारी, पङ्कज बास्कोटा र फुर्पा दोर्जे लामा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । नेपालमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०६९ मा टोखा नगरपालिका वडा नं ८ धापासीमा स्थापना भएको ग्राण्डीले दुई सय नौ शय्यामार्फत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अठ्ठाइस रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालमा झण्डै एक हजार डाक्टर, नर्स तथा कर्...
