तनहुँबाट बन्दुक सहित सात जना पक्राउ
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
तनहुँ, फागुन २७ गते । तनहुँको शुक्ल गण्डकी नगरपालिका–११ भुस्नापुरबाट तनहुँ प्रहरीले दुई बन्दुकसहित सात जना पक्राउ परेका छन् ।शङ्कास्पद वस्तुसहित सरिप चन्द समातिएपछि सोधपुछ गरेर पछ्याउँदा दुई नाले बन्दुकसहित पाँच र एकनाले बन्दुकसहित दुई गरी सात जना जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बेलचौतारका प्रहरी निरीक्षक गणेश सुवेदी नेतृत्वको टोलीले दुई वटा अवैध बन्दुकसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुई नाले बन्दुकसहित पक्राउ पर्नेमा लक्ष्मण शाही, केबलबहादुर चन्द, युवराज ढुङ्गाना, दुर्गा वीरजंग ठकुरी र सरिप चन्द छन् । एकनाले बन्दुकसहित पक्राउ पर्नेमा कुलबहादुर र यमबहादुर शाही छन् । उनीहरूको साथमा बन्दुकमा प्रयोग गरिने बारुद, बेरिङ, सीसालगायतका पदार्थ पनि फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।...




