आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको उपाधी एभिनियर क्लब क्यामरुनलाई ।
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसहामा सम्पन्न आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप प्रतियोगिताको उपाधी अफ्रिकी खेलाडी सम्मिलित एभिनियर क्लब क्यामरुनले जितेको छ । चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडास्थित नारदमुनी रंगशालामा आज भएको अत्यन्त रोमाञ्चक खेलमा एभिनियर क्लब क्यामरुनले चारतारे फुटवल क्लब मोरङ्गलाई ट्राईबेकरमा ४–३ ले पराजित गरेको छ । यसअघि भएको निर्धारित ८० मिनेटको खेलमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको नतिजा ट्राईबेकरबाट निर्धारण गरिएको थियो । खेलको पहिलो हाफको २ मिनेट मै एभिनियरका अब्दुल्लाहले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यतिर मोरङका खेलाडी अभिषेक लिम्बुले पनि गोल गर्दै टिमलाई बराबरीको अवस्थामा ल्याएका थिए । त्यसपछि खेलको दोश्रो हाफको सुरुवातमै मोरङ्गले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए तर खेलको अन्तिम समयमा एभिनियरले गोल फर्काउदै टिम...
