किन भयो कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ ?
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
कक्षा १२ को नतिजा १५ भदौभित्र प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको रोडम्याप थियो । बोर्डका केही पदाधिकारीहरूले तीज (१३ भदौ) का दिन नतिजा प्रकाशन गर्ने तयारी भएको भन्दै सञ्चारमाध्यमलाई सूचना सम्प्रेषण गरे ।
तर, प्राविधिक काम नसकिएको भन्दै बोर्डले बिहीबारसम्म पनि नतिजा प्रकाशन गरेको छैन । बोर्डले तीन दिनदेखि लगातार नतिजा प्रकाशन हुने भन्दै आइरहेको छ । तर, अन्तिममा आज नसकिने जवाफ दिने गरेका छन् । बोर्डले आफैले तोकेको मिति पनि घर्किन पुगेको छ ।
नतिजा कहिलेसम्म आउछ अझै निश्चित छैन । प्राविधिक काम नसकिएले नतिजा प्रकाशनमा ढिलाइ भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । ‘प्राविधिक काम सकिएको छैन । प्राविधिक साथीहरूले काम गरिराख्नुभएको छ । सबै काम सकिएपछि नतिजा प्रकाशन गर्नुभन्दा ५ घण्टा अगाडि तपाईहरूलाई जानकारी गराउँछौं,’ बिहीबार अध्यक्ष शर्माले भने ।
अहिले नतिजा प्रकाशनमा ढिलाइ ...
