काठमाडौं क्षेत्र नम्बर ६ मा एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा लक्ष्मण बिडारीलाई सर्वसम्मत उम्मेदवार सिफारिस
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
नेकपा एकीकृत समाजवादी काठमाडौं क्षेत्र नम्बर ६को क्षेत्रीय कमिटीले शुक्रबार प्रतिनिधि सभामा लक्ष्मण प्रसाद बिडारीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको । बिडारी क्षेत्रीय कमिटीका अध्यक्ष समेत हुन् ।
यस्तै काठमाडौं क्षेत्र नम्बर ६ वागमति प्रदेश सभा क को उम्मेदवारमा अर्जुनलाल प्रधान समेत सर्वसम्मत सिफारिस भएका छन् । ठमेलका स्थानीयवासी समेत रहेका प्रधानको नाम यसअघि नै चर्चामा थियो । समानुपातिकतर्फ रजुला जोशीको नाम सिफारिस भएको छ ।
निर्वाचनको मिति घोषणा भएसँगै पार्टीका कमिटीहरुले उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् । यद्यपि सत्ता गठबन्धन आगामी निर्वाचनसम्म अघि बढ्ने भएपछि सिट बाँडफाँटको टुंगो लागेपछि मात्रै उम्मेदवार सिफारिले अन्तिम रुप प्राप्त गर्नेछ ।...
