नेर्पा स्पोर्टस क्लवको अध्यक्षमा पुःन शरद राई

खोटाङ, १५ मंसिर । खोटाङको नेर्पा स्पोर्टस क्लवको अध्यक्षमा शरद राई दोहोरिएका छन् । मंसिर १५ गते सम्पन्न क्लवको दोश्रो साधारणसभा तथा अधिबेसनबाट शरद दोश्रो कार्यकालका लागि पुःन अध्यक्षमा दोहोरिएका हुन् । १५ सदस्यीय क्लवको उपाध्यक्षमा बिशाल राई र गौतम राई, महासचिवमा बिरेन गुरुङ, सचिवमा रनजङ राई र कोषाध्यक्षमा सावित्रा बास्तोला दाहाल चयन भएका छन् । क्लवको प्रवक्ता डिजेन गुरुङलाई चयन गरिएको छ ।

सदस्यमा कबिराज रिजाल, गणेश रोक्का, युवराज राई (मुना), सुनिल पराजुली, रमेश रिजाल, प्रेमकुमार राई, प्रभुराम राई र सिर्जना गुरुङ चयन भएका छन् । एक सदस्य अध्यक्षले मनोनयन गर्ने क्लवले जनाएको छ । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष रमेश राई (महेश)को प्रमुख आतिथ्यतामा क्लवको साधारणसभा तथा अधिबेसन सम्पन्न भएको हो ।

दिक्तेल रुपाकोेट मझुवागढी नगरपालिका–६ नेर्पाका युवाले २०७६ सालमा स्थापना गरेको क्लवले ग्रामिण क्षेत्रमा फुटबलको व्यवसायीक विकासमा पहल गरिरहेको छ ।