राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन खोटाङको अध्यक्षमा बस्नेत

खोटाङ, १६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन खोटाङको अध्यक्षमा नन्दबहादुर बस्नेत चयन भएका छन् । फागुन १६ गते सम्पन्न जिल्ला अधिबेसनबाट बस्नेत राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अध्यक्ष चयन भएका हुन् । संगठनको उपाध्यक्षमा सविन राई, सचिवमा बिष्णु राई, सह–सचिवमा धनकुमार परियार र कोषाध्यक्षमा मिना मुगराती सर्वसम्मत चयन भएका छन् ।

सदस्यमा शिव भट्टराई, हरि खत्री, रेवन राई, बन्दना राई, मिना निशाङ्खे, एलस खतिवडा लगायत चयन भएका छन् । यस्तै, प्रविन भट्टराई, तेजबहादुर राई, कर्णबहादुर बस्नेत, गीता खड्का, प्रकाश भट्टराई, केदार कटुवाल, असमिन राई, राजन खत्री, सुनिता राई, बिपना राई, डिल्ली निरौला, विपना राई, मिरा थापा, अनिल राई लगायत सदस्यमा चुनिएका छन् ।

राप्रपाका केन्द्रीय प्रवक्ता सगुन सुन्दर लावतीको प्रमुख आतित्यतामा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अधिबेसन सम्पन्न भएको हो । जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिबेसनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका अध्यक्ष ललितकुमार राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।