
खोटाङ, १७ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित वाइसिएलको नगर कमिटि अध्यक्षमा दिनेश बुढाथोकी चयन भएका छन् । फागुन १७ गते सम्पन्न दोश्रो नगर सम्मेलनले दिनेशको अध्यक्षतामा वाइसिएलको ४१ सदस्यीय नगर कमिटि गठन गरेको छ ।
नेकपा माओवादी केन्द्रनिकट वाइसिएलको नगर कमिटिको उपाध्यक्षमा त्रिचन्द्र राई, नेत्रबिक्रम राई र हिरण माझी, सचिवमा राकेश राई, सह–सचिवमा युवराज कार्की, सुगा बिश्वकर्मा, मेगजन राई, पार्वती कार्की र गौतम राई तथा कोषाध्यक्षमा एमिका राई र सह–कोषाध्यक्षमा अवसरा राई चयन भएका छन् । यस्तै, सदस्यमा भरत श्रेष्ठ, सरोज श्रेष्ठ, निता खत्री, कुमार राई, विमल कार्की, कुमार कार्की लगायत सर्वसम्मत चयन भएका छन् ।
वाइसिएल नेपालको फ्याक्सन इन्चार्ज एबं माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दिपशिखा)को प्रमुख आतिथ्यतामा वाइसिएलको नगर सम्मेलन सम्पन्न भएको हो । नगर सम्मेलनमा माओवादी केन्द्रका प्रदेश, जिल्ला तथा नगर कमिटिका नेताहरुको उपस्थिति रहेको वाइसिएलका नेता देशकुमार राईले जानकारी दिए ।
