खोटाङ, २१ कात्तिक । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेस्थित सिलिचोङमा युवा क्लवले शुभ दिपावली विशेष सांगीतिक कार्यक्रम गरेको छ । ‘सिलिचोङ्माको अभियान, कला, साहित्य र श्रृजनाको उत्थान’ भन्ने नारासहित २०७५ सालमा स्थापना गरिएको क्लवले कात्तिक १९ गते दिपावली विशेष सांगीतिक कार्यक्रम गरेको हो ।
दिपावली विशेष सांगीतिक कार्यक्रमको अवसरमा क्लवमा लामो समयसम्म अवद्ध बनेर सेवा दिएर बाहिरिएका चेली, भुपु कलाकार तथा प्रायोजकलाई सम्मान गरिएको छ । क्लवमा लामो समयसम्म आवद्ध रहि सेवा गरेका रमेश राई, बिरीममायाँ राई, निर्मला राई र जमिला राईलाई सम्मान गरिएको सिलिचोङमा युवा क्लवका अध्यक्ष जीवनकुमार राईले जानकारी दिए ।
यस्तै, प्रायोजक योङहाङ राई, अर्जुन राई, कोमल राई, गंगासेर राई, अञ्चला राई, धनबहादुर राई, राकेश राई र साङ्केन्मा राईलाई पनि सम्मान गरिएको छ । कार्यक्रम वडाध्यक्ष धनबहादुर राईको प्रमुख आतिथ्यता तथा क्लवका अध्यक्ष राईको सभापतित्वमा सम्पन्न भएको थियो ।
