श्रीमाबि बाँसबोटेको ६४ औं वार्षिकोत्सव चार दिन मनाइयो

खोटाङ, २९ कात्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाबि बाँसबोटेको ६४ औं वार्षिकोत्सव मनाइएको छ । भलिबल, लोक नृत्य प्रतियोगीता, छात्रवृत्ति वितरण, विद्यार्थीको आँखा जाँच, रक्त समुह पहिचान, उत्कृष्ट शिक्षकलाई पुरस्कृत लगायतका कार्यक्रम गर्दै कात्तिक २६ गतेदेखि कात्तिक २९ गतेसम्म विद्यालयको वार्षिकोत्सव मनाइएको हो ।

नगरपालिकाको अन्तर माबि स्तरिय भलिबल प्रतियोगीतामा सरस्वती माबि दिक्तेल प्रथम, दिक्तेल बहुमुखी क्याम्पस दोश्रो र सरस्वती माबि पाथेकाले तेश्रो स्थान प्राप्त गरेको छ । भलिबलमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने टिमले क्रमशः २० हजार, १५ हजार र १० हजारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र पाएका छन् । यस्तै, नगर स्तरिय लोक नृत्य प्रतियोगीतामा ज्योती माबि जालपा प्रथम, सरस्वती माबि पाथेका दोश्रो र चम्पावती माबि बुईपा तेश्रो भएको छ । लोक नृत्य प्रतियोगीताका विजेतालाई क्रमशः २० हजार, १५ हजार र १० हजारको साथमा ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान राईले बताए ।

यस्तै, श्रीमाबिको सेवा क्षेत्रभित्रका आधारभुत विद्यालय स्तरिय नृत्य प्रतियोगीतामा सालपीदेबी आधारभुत विद्यालय प्रथम, शारदा आधारभुत विद्यालय दोश्रो र जनचेतना आधारभुत विद्यालयले तेश्रो स्थान प्राप्त गरेको छ । सोही कार्यक्रममा विद्यालयमा स्थापना गरिएको ११ वटा अक्षयकोषबाट विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको छ । वार्षिकोत्सव समापनको प्रमुख अतिथि हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई, लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे, युवा नेता भिषण राई, पुर्ववडाध्यक्ष निर्मल राई लगायतले विभिन्न प्रतियोगीताका विजेतालाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
११ अक्षयकोषबाट १५ विद्यार्थीलाई छात्रवृत्ति
स्वर्गीय मनमायाँ राई स्मृति अक्षयकोषको १२ हजार ६०० मनिषा श्रेष्ठ र सुम्निमा राईलाई, भुपु विद्यार्थी अक्षयकोषको १० हजार ६०० मिना श्रेष्ठ र पुर्णीमा खत्रीलाई, सेरालुङहँछा अक्षयकोषको ११ हजार २०० शिक्षा राईलाई, स्वर्गीय दैवप्रसाद–तुलसा घिमिरे स्मृति अक्षयकोषको ४ हजार ५०० स्मारिका मुग्रातीलाई, स्वर्गीय चिमा राई स्मृति अक्षयकोषको ९ हजार कविता श्रेष्ठ र खुसी राईलाई, स्वर्गीय विद्याकृमारी कार्की अक्षयकोषको ३ हजार ५०० दिपा पौडेललाई प्रदान गरिएको छ ।

यस्तै, स्वर्गीय भीमप्रसाद घिमिरे स्मृति अक्षयकोषको ३ हजार २०० पुजा खाती, स्वर्गीय जसमान–जयमती राई स्मृति अक्षयकोषको ६ हजार २०० सिलिमिका राईलाई, स्वर्गीय आमा तुलमायाँ राई र छोरा भक्तिराज राई अक्षयकोषको ३ हजार २०० पुजा आचार्य, स्वर्गीय दिपबहादुर–नैनकुमारी श्रेष्ठ स्मृति अक्षयकोषको ४ हजार १०० मन्जुला राईलाई तथा स्वर्गीय असुनमायाँ राई राई स्मृति अक्षयकोषबाट गोमा आचार्य र सुस्मिता राईलाई छात्रवृत्ति प्रदान प्रदान गरिएको छ । वार्षिकोत्सवको अवसरमा चन्दाहँछा अक्षयकोष पनि स्थापना गरिएको शिक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमको पहिलो दिन शिक्षक शिवराज राई र गोपाल श्रेष्ठलाई उत्कृष्ट शिक्षकको रुपमा जनही पाँच हजार सहित पुरस्कृत गरिएको थियो । कात्तिक २८ गते नेपाल नेत्र ज्योती संघ र आँखा उपचार केन्द्र दिक्तेलको सहयोगमा वडाका मावि र आधारभुत विद्यालयका विद्यार्थीको न्युन दृष्टि पहिचान गरिएको छ । चेकजाँचका क्रममा पाँच विद्यार्थीलाई आँखाको उपचारका लागि सिफारिस गरिएको छ । यस्तै, नगर स्वास्थ्य शाखा र जिल्ला अस्पतालसँगको सहयोगमा १६७ विद्यार्थीको रक्त समुह पहिचान गरिएको प्रधानाध्यपक पूर्णकुमार राईले बताए । 

कार्यक्रमको दौरान जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रमेश राई (महेश)ले राष्ट्रिय सेवा दलको ५० औं जुनियर डिभिजनका शिक्षार्थीलाई ५ हजार प्रदान गरेका थिए । शिक्षक सेवाबाट अनिवार्य अवकाश पाएका रामधन राईलाई बार्षिकोत्सव समापनकै अवसरमा विदाई गरिएको छ । ३२ वर्ष ७ महिना ४ दिन सेवा गरेका शिक्षक राईलाई फूलमाला र मायाँको चिनो प्रदान गर्दै बिदाई गरिएको हो ।