पालिका अस्पताललाई प्रदेश सरकारले दियो एम्बूलेन्स

बिराटनगर, २ मंसिर । कोसी प्रदेश सरकारले मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मधुमल्ला पालिका अस्पताललाई एम्बूलेन्स हस्तान्तरण गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेश १–०४–००१–झ–००५४ नम्बरको समुह “ख” को एम्बूलेन्स पालिका अस्पताललाई प्रदान गरेको हो ।

प्रदेश सरकारको भौतिक पुर्वाधार विकास, स्वास्थ्य मन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता भुपेन्द्र राईले मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईलाई एम्बूलेन्स हस्तान्तरण गरेका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. राधिका थपलिया, प्रशासन महाशाखा प्रमुख प्रकाशप्रसाद पोखरेल लगायतको उपस्थितिमा पालिका अस्पताललाई मंसिर २ गते एम्बूलेन्स हस्तान्तरण गरिएको हो ।