अखिल (क्रान्तीकारी)को केन्द्रीय उपमहासचिवमा रबिन खम्बूको उम्मेदवारी

खोटाङ, ८ माघ । खोटाङका विद्यार्थी नेता रबिन खम्बूले अनेरास्ववियु क्रान्तीकारीको केन्द्रीय उपमहासचिवमा उम्मेदवारी दिएका छन् । अखिल क्रान्तीकारीको २३ औं राष्ट्रिय सम्मेलन अन्तरगत नेतृत्व चयनका क्रममा खम्बूले उपमहासचिवमा उम्मेदवारी दिएका हुन् । जिल्लामा जुझारु युवाको पहिचान बनाएका खम्बूले प्रदेश नम्बर १ बाट उपमहासचिव पदमा मनोनयन दर्ता गरेका हुन् ।

शैक्षिक बिकृति, विसंगति एवं शैक्षिक दलालहरुको अन्त्या गर्दै शिक्षा क्षेत्रको आमुल परिवर्तनमा योगदान दिने लक्ष्यका साथ उपमहासचिवमा उम्मेदवारी दिएको खम्बूले बताए । खम्बूले २०६२/०६३ को जनआन्दोलनको उपलब्धिको रक्षा गर्दै शिक्षा–स्वास्थ्य लगायतका आधारभूत र संवेदनशिल विषयलाई पूर्णरूपमा निःशुल्क गराउन सशक्त रूपमा पहल गर्ने घोषणा–पत्र अघि सारेका छन् । अखिल क्रान्तीकारीको नयाँ नेतृत्व चयनका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा निवासी खम्बू पहिचानको आन्दोलनमा अग्रपंक्तीमा उभिने गरेका छन् ।