हलेसी तुवाचुङमा जनता समाजवादी पार्टीको नगर समिति

खोटाङ, २९ पुस । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको नगर समिति बनेको छ । अशोक राई र उपेन्द्र यादव अलग हुनुअघि राजन राईको अध्यक्षतामा बनेको नगर कार्य समितिलाई नै जनता समाजवादी पार्टीको नगर समितिमा रुपान्तरण गरिएको हो ।

जनता समाजवादी पार्टीको नगर समिति उपाध्यक्षमा राजेश राई, सचिवमा दुर्गा राई, कोषाध्यक्षमा गिरीराज राई लगायत छन् । नगरका अधिकांश नेता जनता समाजवादी पार्टीमा रुपान्तरण भएको उपाध्यक्ष राईले बताए । रुपान्तरण कार्यक्रममा जिल्ला तथा केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो ।