
काठमाडौं, ६ बैसाख । काठमाडौंमा उपन्यासकार ज्ञानु बुढाथोकीको उपन्यास ‘याङरुप’का विषयमा परिचर्चा गरिएको छ । उपन्यास समाज नेपालको आयोजनामा रामशाहपथ स्थित ग्रिनलिफ रेस्टुरेन्टको सभाकक्षमा उपन्यास ‘याङरुप’का विषयमा परिचर्चा गरिएको हो ।
करिव डेढ घण्टा चलेको उक्त कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहाल, डा. शान्तिमायाँ गिरी, पवन आलोक, श्रीओम श्रेष्ठ ‘रोदन’, केशव आचार्य, प्राज्ञ सभा सदस्य मुनाराज शेर्मा, भद्रगोल किराती लगायतले कृति र कृतिकारको विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा प्रकाश घायल, दुर्गा अधिकारी ‘भमरकोटे’, बासुदेव गुरागाईँ, नरेद्रजंग पिटर, कृष्णप्रसाद नेपाल, हरि थापा, डा. इन्दुल के.सी शुकदेव उपाध्याय, तारा सुवेदी, प्रकाश तिवारी, लगायतका वरिष्ठ साहित्यकारहरूको उपस्थिति थियो ।
उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसीप्रसाद भट्टराई प्रमुख अतिथि थिए । आख्यानकार माधव बिडारी ‘चेतनपथ’ले सञ्चालन गरेको परिचर्चा कार्यक्रममा वरिष्ठ साहित्यकार तथा नेपाली लेखक संघका नवनिर्वाचित अध्यक्ष वियोगी बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए ।
