‘जहाँ फूल उहीँ भमरा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं, २१ बैसाख । ‘जहाँ फूल उहीँ भमरा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक केशव भाबुक र अस्मीता अधिकारीको स्वर रहेको गीतको म्यूजिक भिडियो सनराईन म्यूजिकको युटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

शुभ मरहट्ठाको शव्द र तोरेम्पा हाङको संगीत रहेको गीतको म्युजिक अरेञ्जर राजु अधिकारी छन् । राजकुमार घिमिरेको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोमा मिस पवी, विकसित शर्मा, सुरेश देवल, प्रविना खड्का लगायतको अभिनय रहेको छ ।

खोटाङका गायक भाबुकको गत कात्तिकमा ‘यो जुनि यस्तै भो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको थियो । सन् २०१७ देखि औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका भावुकले दर्जनौं आधुनिक, फिल्मी र दोहोरी गीत गाइसकेका छन् । उनका ‘भन को थियो, म मजदुर मायाँको, ए मायाँ, दुख्छ मुटु, फूल फुल्यो, तिम्रो मायाँले, हिन्दी गीत मेरे इस दिलपे’ लगायत दर्शक/श्रोताले रुचाएको गीत हुन् । ‘ए मायाँ’ चलचित्र प्रसाद–२ मा समेटिएको गीत हुन् ।

‘म मजदुर मायाँको’ गीतका लागि केशवले सन् २०२१ मा दुबईका राज परिवारबाट ग्लोवल इन्टरनेशनल अवार्ड तथा ‘छातीभित्र दुख्ने घाउ’का लागि २०२४ मा अप्सना नेशनल फिल्मी अवार्ड पाएका थिए । -भिडियो