दिक्तेल इंलिस सेकेन्डरी बोर्डिङ स्कुलमा अंग्रेजी हस्तलेखन प्रतियोगिता

खोटाङ, असार १७ । खोटाङको दिक्तेल इंलिस सेकेन्डरी बोर्डिङ स्कुलमा अंग्रेजी हस्तलेखन प्रतियोगिता आयोजना गरिएको छ । बोर्डिङ स्कुलमा क्रियासिल युवा रेडक्रस सर्कलले असार १७ गते अंग्रेजी हस्तलेखन प्रतियोगिता गरेको हो । प्रतियोगीतामा जालपा मावि नुनथलाकी छात्रा पूर्णीमा तामाङ प्रथम, दिक्तेल इंलिस सेकेन्डरी बोर्डिङ स्कुलका सोमिया राई दोश्रो, जिसिका भुजेल तेश्रो र जालपा आवि पाथेकाका सेमीहाङमा राई शान्त्वना भएका छन् ।

प्रतियोगीतामा १५ विद्यालयका २६ जना विद्यार्थी सहभागी भएको दिक्तेल इंलिस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक संयोग राईले जानकारी दिए । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र चौथो हुने विद्यार्थीलाई युवा रेडक्रस सर्कलको वार्षिक उत्सवमा पुरस्कार प्रदान गर्ने जनाइएको छ ।

युवा रेडक्रस सर्कलका सभापति रितेश्ना कार्कीको सभापतित्वमा भएको कार्यक्रममा दिक्तेल इंलिस सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल धनकर्ण श्रेष्ठ, युवा रेडक्रस सर्कल, दिक्तेल बहुमुखी क्याम्पस सभापति आयुष राई, शिक्षक नायक सतिना डंगोल, श्यामलाल चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम युवा रेडक्रस सर्कलका सचिव सलिना सुवेदीले सञ्चालन गरेकी थिईन् ।