
खोटाङ, ३१ असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विद्यालयमा एआई सम्वन्धी पाठ्यक्रम कार्यान्वयन गर्ने योजना बनाएको छ । १५ वडा रहेको नगरपालिकाले २०८३ सालदेखि प्राथमिक तहबाटै एआई सम्वन्धी पाठ्यक्रम कार्यान्वयन गर्ने लक्ष्य लिएको हो ।
२०८२ सालभित्र विद्यालयमा एआई तथा आइसिटी बेस्ड लर्निङ, वैज्ञानिक खोज तथा अनुसन्धानमा आधारित प्रोग्रेसिभ एजुकोसनको अभ्यास गर्ने र २०८३ सालमा ‘एक वडा एक रोबोटिक्स तथा एआई ल्याव’ स्थापना सँगै एआई सम्वन्धी पाठ्यक्रम कार्यान्वयन लक्ष्य तय गरेको हो ।
रोबोटिक्स, एआई तथा इन्जिनियरिङ परामर्श सेवामा प्राविधिक सहकार्यकालागि नगरपालिका र त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसबीच गत असार १२ गते समझदारी कायम गरिसकिएको छ ।
नगरपालिकाले असार २१ गते आयोजना गरेको वृहत शैक्षिक सम्मेलनले पनि सो समझदारी अनुसार २०८३ सालमा रोबोटिक्स तथा एआई ल्यावको स्थापनादेखि एआई सम्वन्धी पाठ्यक्रम कार्यान्वयन गर्ने लक्ष्य निर्धारण गरेको छ । (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)
