
खोटाङ, २२ साउन । खोटाङका युवा पत्रकार राजकुमार भट्टराई ‘सरगम’लाई सामाजिक सेवा सम्मान प्रदान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित कालिका वडा स्तरीय महिला समुहले पत्रकार भट्टराईलाई सामाजिक सेवा सम्मान प्रदान गरेको हो ।
टेवा नेपाल ललितपुरको आर्थिक सहयोगमा आयोजना गरिएको तीन दिने नेतृत्व तथा संस्थागत क्षमता विकास तालिम समापन कार्यक्रममा साउन २२ गते पत्रकार भट्टराईलाई नगद ५ हजार सहितको सम्मान गरिएको हो । प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले पत्रकार भट्टराईलाई नगदसहित सम्मान प्रदान गरेका थिए ।
पत्रकारिताको माध्यमबाट न्यायको पक्षमा आवाज उठाएको, जनताको आवाजलाई शसक्त ढंगले प्रस्तुत गर्दै समाजमा सकरात्मक परिवर्तन ल्याउन भूमिका खेलेको योगदानको कदर गर्दै पत्रकार भट्टराईलाई सम्मान गरिएको समुहकी अध्यक्ष लोकमायाँ थापा (गीता)ले बताईन् ।
पत्रकार भट्टराई भ्यूज अफ नेपाल र गोरखापत्र दैनिकमा आवद्ध छन् । नेपाल पत्रकार महासंघ शाखा खोटाङका सचिव रहेका भट्टराई रुपाकोट खबर डटकमका सञ्चालक हुन् । कार्यक्रममा दिक्तेलका वडाध्यक्ष नवराज राई लगायतको उपस्थिति रहेको थियो । (भिडियो समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)
