पहिरो पन्छाइएपछि बाँझेच्यानडाँडा–रतन्छा–मानेभञ्ज्याङ सडक सुचारु

खोटाङ, २२ साउन । खोटाङको साकेला गाउँपालिकाले पहिरोका कारण अवरुद्ध सडक सुचारु गराएको छ । वर्षाका कारण साउन १९ गतदेखि अवरुद्ध बनेको बाँझेच्यानडाँडा–रतन्छा–मानेभञ्ज्याङ सडक सुचारु गराइएको हो ।

साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको लगनेडाँडामा पहिरो खस्दा १७ किलोमिटर सडक अवरुद्ध बनेको थियो । गाउँपालिका र स्थानीयको सहकार्यमा साउन २१ गते साँझ पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए ।

सडकमा माथिबाट ढुङ्गा खसेपछि सवारी साधन आवतजावत बन्द भएको थियो । अवरुद्ध सडक सुचारु गराउनका लागि गाउँपालिकाको जेसिभी तथा स्थानीयको स्काभेटर सहित जनप्रतिनिधि र स्थानीय लगातार दुई दिन खटिएका थिए । (भिडियो समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)