
खोटाङ, २७ साउन । खोटाङको साकेला गाउँपालिकाले गाडीको भाडादर निर्धारण गरेको छ । साउन २६ गते गाउँपालिका र यातायात व्यवसायीबीच बसेको बैठकले साकेलाबाट छुट्ने छोटो तथा लामो दुरीमा चल्ने बस तथा जीपको भाडा तोकेको हो । गाउँपालिका अध्यक्ष रबिप्रकाश राईको अध्यक्षतामा बसेको बैठकले साकेलाबाट दिक्तेल, गाईघाट, काठमाडौं, धरान, इटहरी लगायतका स्थानमा जाने–आउने जीप तथा वसको भाडा तोकेको हो ।
बसमा साकेला गाउँपालिकाबाट दिक्तेलसम्मका लागि प्रतिव्यक्ती ४८०, गाईघाटका लागि १५००, इटहरी, धरान र बिराटनगरका लागि १८०० रुपैयाँ भाडा लाग्ने निर्धारण गरिएको छ ।
यस्तै, जीप तथा सुमोको लागि साकेला गाउँपालिकाबाट दिक्तेलका लागि जनही ६००, साकेलाबाट गाईघाटका लागि १७००, साकेलाबाट काठमाडौंका लागि २५००, साकेलाबाट धरान र इटहरीका लागि २२०० रुपैयाँ तोकिएको छ । (भिडियो समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)
