
पर्शुराम धिमाल
पोल्याण्ड, २९ भदौ ।
उकालीमा हात समाइ, सँगैसँगै जाउँला प्रिय
मानेभञ्ज्याङ चौतारिमै मिठो मायाँ लाउला प्रिय ।
तारेभिर देबिस्थान शिरमा साची राखी
जुनिभर सँगै बाँच्ने बाचा कसम खाउँला प्रिय ।
हाम्रो मायाँ सफल हुँदै टेम्के सेल्मे चुमोस
सफल जोडि भनुन् सबले वाहवाही पाउला प्रिय ।
असल मार्ग रोज्नुपर्छ खराबलाई त्यागी
उदाहरणिय जोडि भै समाज हसाउँला प्रिय ।
मात्तिम एउटा उर्बर भूमी भुल्ने छैन कहिल्यै
पुर्खाकै भुमिमा प्रेमको जग बसाउँला प्रिय ।
(जन्मभुमीको सेरेफेरोमा लेखिएको गजल)
