
अर्जुन फुयल
खोटाङ, २८ भदौ ।
हाम्रो जीवन हाम्रो तरिकाले चल्छ,
हाम्रो पसिना, हाम्रो आँशु, हाम्रो सपना ।
गोलि खाएर ढलेका कसै राजा-महाराजाका सन्तान थिएनन्,
उनीहरू त आम सर्वसाधारणका छोराछोरी थिए ।
किन चाहियो राजा ?
रक्त र वंशको भरमा देश चलाउने अधिकार कसरी हुन्छ ?
राजाले कहिल्यै बोकेका छैनन्
इटा र ढुङ्गा,
कहिल्यै झारेका छैनन् पसिनाका थोपा खेतमा ।
धरहरा उठाएको हात किसानको हो,
भोकलाई लडाएको साहस मजदुरको हो ।
देश चलाउने अधिकार त्यो मान्छेले पाउँछ
जो जनताको पीडा बुझ्छ,
जनताको भोक र दुखसँग बाँच्छ,
जनताको लागि, जनताको बीचमा,
जनताको हितमा लड्छ ।
