
खोटाङ, ३ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित अन्नपूर्ण माविको ५८ औं बार्षिकोत्सव मनाइएको छ । विभिन्न खेदकुद, वक्तृत्वकला र नृत्य प्रतियोगीता गर्दै अन्नपूर्ण माविको बार्षिकोत्सव मनाइएको हो । भदौ २४ गते समापन गर्नेगरि भदौ २२ गते उद्घाटन गरिएको बार्षिकोत्सव जेनजीको अन्दोलनका कारण असोज २ गते समापन गरिएको प्रधानाध्यपक पेशल राईले बताए ।
वार्षिकोत्सव अन्तरगत आयोजना गरिएको महिला भलिबल प्रतियोगीतामा बुवासुङ टोल प्रथम, अन्नपूर्ण टोल समुह दोश्रो र अन्नपूर्ण मावि तेश्रो भएका छन् । यस्तै, पुरुष भलिबलमा रमाइलो लामीडाँडा टोल समुह प्रथम, अन्नपूर्ण टोल समुह दोश्रो र अन्नपूर्ण मावि तेश्रो भएको विद्यालयले जनाएको छ ।
अन्तर मावि स्तरिय बक्तृत्वकला प्रतियोगीतामा सरस्वती मावि दिक्तेलका बिपासा खनाल प्रथम, शितला मावि खाल्लेका प्रनिशाहाङ्मा राई दोश्रो तथा अन्नपूर्ण माविका निकोलस हिङमाङ तेश्रो र विद्योद्धय माविका दिक्षा राई शान्त्वना भएका छन् । यस्तै, कक्षा १ देखि कक्षा ३ सम्मको अन्तर आवि स्तरिय बिस्कुट दौडमा अन्नपूर्ण माविका निरज खत्री प्रथम, अस्विन गुरुङ दोश्रो तथा जालपा आवि भिरबारीका क्रिष्टिना पाण्डे र अन्नपूर्ण माविका अनिस राउत तेश्रो भएका छन् ।
स्मरण दौडमा अन्नपूर्ण माविका समृद्धि राउत प्रथम, शितला आवि बुवासुङका सफलता राई दोश्रो र अन्नपूर्ण माविका नवराज राउतले तेश्रो स्थान प्राप्त गरेका छन् । कक्षा १ देखि कक्षा ३ सम्मको अन्तर आवि स्तरिय सामुहिक नृत्यमा जालपा आवि भिरबारीका पुजना परियार र सलिना ठटालले प्रथम स्थान प्राप्त गरेका छन् ।
अन्नपूर्ण मावि सदन स्तरिय खेलकुदमा सगरमाथा सदनले ४ स्वर्ण, १ रजत र २ कास्य, माछापुछ्रे सदनले ४ स्वर्ण र १ कास्या, अन्नपूर्ण सदनले १ स्वर्ण, ४ रजत र ३ कास्य तथा कञ्चनजंघा सदनले ५ रजत र ३ कास्य जितेको छ ।
यस्तै, महिला अभिभावकको म्युजिकल चेयरमा बेदिना बुढाथोकी प्रथम, पुष्पलता देउजा दोश्रो र प्रतिक्षा चौहान तेश्रो भएका छन् । पुरुष अभिभावकको धोक्रे दौडमा अभिषेक परियार प्रथम र समृत बानियाँ दोश्रो भएको विद्यालयले जनाएको छ । विजेतालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले पुरस्कार हस्तान्तरण गरेका थिए ।
विव्यास अध्यक्ष रोशनराज राईको अध्यक्षतामा भएको कार्यक्रममा नगर कार्यपालिका सदस्य बिरेन्द्र दर्नाल, शिक्षक अभिभावक संघका अध्यक्ष शरणकुमार बुढाथोकी, शैक्षिक अभियान्ता कृष्ण बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।
