नेपालीको कस्तो यो कहर ?

पर्शुराम धिमाल (खोटाङे)
इटहरी-१८ सुनसरी, ५ असोज ।

देशै छोडी जानुपर्ने, नेपालीको कस्तो यो कहर ?
रोजगार खोज्न हिँडेका हामी युवाको हेर लहर ।

देश टाट पल्टिसक्यो, सबले यसै भन्दैछन् रे
बुढै गोरु जोतिइरहे खै देश हाक्ने युवा बहर ।

सन्धी गरे सम्झौता गरे, ईतिहास साँक्षी छँदै छ नि
बेचिसके मेची, कोशी, काली अनि चन्द्र नहर ।

बिकास, निर्माण, वास्ता, खोजी कसलाई छ यहाँ ?
देशको चिन्ता छैन कोहीलाई, सुतेका छन् चारै प्रहर ।

बेला भयो आराम गर्ने, ए हजुरबा नेताहरु
एकजुट भै देश बिकास गर्ने युवाहरुको रहर ।

हाल: पोल्यान्ड