लोवर मुन्दुम ट्रेलको एक्स्प्लोरेसन सम्पन्न

खोटाङ, १० कात्तिक । पुर्वको चर्चित ग्रेटर मुन्दुम ट्रेल अन्तरगत लोवर मुन्दुम ट्रेलको एक्स्प्लोरेसन गरिएको छ । सप्तकोसीदेखि सगरमाथा जोड्ने ग्रेटर मुन्दुम ट्रेलको तीन वटा खण्डमध्ये लोवर मुन्दुम ट्रेलको एक्स्प्लोरेसन गरिएको हो । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको नेतृत्वमा गत असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म लगाएर लोवर मुन्दुम ट्रेलको एक्स्प्लोरेसन गरिएको हो ।

मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राई, कार्यसमिति सदस्य बीरबहादुर राई, साल्पा पोखरी विकास समितिका अध्यक्ष बीरबहादुर राई, युटुबर करिना राई र पत्रकार पवन राईको टोलीले लोवर मुन्दुम ट्रेलको एक्स्प्लोरेसन गरेका हुन् । – (विस्तृत समाचार  Views Of Nepal को पेजमा उपलव्ध छ ।)