
✍ अर्जुन फुयल
खोटाङ, ५ मंसिर ।
नेपालको युवा
सबै बेरोजगार युवा,
उदास आँखाले बाटो हिँड्छन्,
काम खोज्दै, सपना खोज्दै,
तर देशको जवाफ भने “अवसर छैन।”
धनीको बच्चा चम्किलो बोर्डिङमा,
गरिबको बच्चा सरकारी स्कुलमा।
तर एउटै शिक्षा छैन,
सपना आधा बाटोमै हराउँछ।
नेपालको घाटा यही हो।
शिक्षा निःशुल्क हुनुपर्छ,
पढ्न बाधा नहोस् कसैलाई।
तर मात्र पढाइ पर्याप्त छैन
रोजगारमुलक शिक्षा होस्,
सपना साकार पार्ने उपाय होस्।
जब युवा काम र ज्ञान दुवै पाउँछन्,
देश अघि बढ्छ।
तर जब अवसर छिमेकीको ढोकामा मात्र छ,
भित्रै रोकिएर बस्छ।
समान शिक्षा, रोजगारीको बाटो
यही हो नेपाली युवाको अधिकार,
यही बाटोले मात्र
नेपाल उज्ज्वल भविष्य देख्नेछ।
