हलेसी तुवाचुङ नगरपालिकाको प्रशासकीय भवन शिलान्यास

खोटाङ, ६ मंसिर । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रशासकीय भवन शिलान्यास गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको कोटगैरामा निर्माण गर्न लागिएको प्रशासकीय भवन मंसिर ६ गते मेयर बिमला राईले शिलान्यास गरेकी छन् ।

हाल नगरपालिका सञ्चालन हुँदै आएकै ठाउँमा ५ करोड ८७ लाख १८ हजार १३० रुपैयाँको लागतमा सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो । आकाश निर्माण सेवा सिन्धुपाल्चोकले १८ महिनामा सम्पन्न गर्नेगरी प्रशासकीय भवन निर्माणको ठेक्का लिएको नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए । (थप समाचार Views Of Nepal को पेजमा हेर्न सक्नुहुनेछ ।)