
खोटाङ, २७ मंसिर । खोटाङका दलित समुदायले श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरेको छ । सदियौंदेखि समाजमा जातीय विभेद खेप्दै आएका हिङमाङ समुदायले सहयोग उठाएर महायज्ञ आयोजना गरेको हो । हिङमाङ एकता समाज खोटाङले कौशिक गोत्रीय हिङमाङ बन्धुहरुको उद्धार तथा पुर्वज पितृको सम्झना गर्दै महायज्ञ गरेको जनाएको छ । यसलाई खोटाङमै पहिलोपल्ट दलित समुदायले आयोजना गरेको महायज्ञ मानिएको छ ।
मंसिर २७ गते समापन गरिएको महायज्ञ मंसिर २१ गते कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले उद्घाटन गरेका थिए । हालसम्म जातीय विभेद खेप्दैआएका दलित समुदायको मनोवल उच्च बनाउनका लागि महायज्ञ आयोजना गरिएको हिङमाङ एकता समाज खोटाङका सहसचिव दिनेश हिङमाङले बताए ।
