खोटाङबाट हर्क साम्पाङ सिफारिस

खोटाङ, २८ मंसिर । आउँदो निर्वाचनका लागि उम्मेदवार सिफारिसमा पुराना दलभन्दा नयाँ दल अगाडि देखिएका छन् । खोटाङमा पुरानो पार्टीहरु चुपचाप बसिरहेकोबेला नयाँ पार्टीले भने धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् ।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले खोटाङमा स्वयं हर्क साम्पाङलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । मंसिर २७ गते दिक्तेलमा आयोजित सभामा श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामाले खोटाङ र सुनसरीबाट हर्क साम्पाङलाई उम्मेदवारको रुपमा सिफारिस गर्ने घोषणा गरेका हुन् ।

जेनजी आन्दोलनपछि खुलेको राष्ट्रिय परिवर्तन पार्टीले पनि २५ वर्षे युवा मिरेस राईलाई उम्मेदवार सिफारिस गरिसकेको छ ।